
एजेन्सी-काराबाओ कप अन्तर्गत आर्सनलले लिसेष्टर सिटीमाथि जित दर्ता गर्ने क्रममा आत्मघाती गोल(ओजी) निकै महत्वपूर्ण रह्यो । लिसेष्टर सिटीमाथि २-
० गोलले पराजित गर्ने क्रममा आत्मघाती गोलसँगै आर्सनलले आग्रता लियो । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा आर्सनलको भाग्य ५७ मिनेटमा खुल्यो ।
पहिलो हाफ बराबरीमा टुंगिएपछि दोस्रो हाफमा गोलको रस्साकस्सी हुदैं गर्दा लिसेष्टरका क्रिष्टियन फचले आफनै गोलपोष्टमा गोल गर्दै दुर्भाग्य निम्त्याए ।
पहिलो गोलले पछि परेको लिसेष्टरले खेल सकिन केही मिनेट बाँकी रहदाँ अर्को गोल खाँदै सहज पराजित स्वीकार्यो । ९० औं मिनेटमा एडवार्ड एनकेटियले गोल गर्दै आर्सनललाई स्पष्ट जित दिलाए ।
अर्को खेलमा एर्भटनले फिल्तउडमाथि ५(२ को फराकिलो गोलले पराजित गरेको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…