
एजेन्सी । प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा बिहीबार राति बर्नमाउथमाथि २–१ को जित निकालेको छ ।
सिटीका लागि लिअम डेलेप र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका लागि साम सुरेड्जले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा डेलेपले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । तर, त्यसको चार मिनेट नबित्दै बर्नमाउथका स्ट्राइकर सामले गोल गदै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा भने दुबै टोलीले गोलका लागि निकै नै संघर्ष गरे । तर, दोस्रो हाफमा बर्नमाउथले गोल गर्न भने सकेन् । खेलको ७५ औं मिनेटमा सिटीले गोल गर्दै पुनः खेलमा अग्रता लियो । सिटीका लागि फोडेनले गोल गर्दै २–१ को संघर्षपूर्ण जित दिलाएका हुन् ।
जितसँगै सिटी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बर्नमाउथ भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…