

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सको सामना गर्दैछ ।
लगातार दोस्रो जितको खोजिमा रहेको दिल्लीले दुबई इन्टरनेसनल स्टेडियममा चेन्नाईसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दिल्ली आफ्नो दोस्रो तथा चेन्नाईले तेस्रो खेल खेल्न लागेको हो । दिल्लीले पहिलो खेलमा किंग्स ११ पञ्जाबविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो । चेन्नाई भने आफ्नो पहिलो खेलमा मुम्बईविरुद्ध जित निकाल्न सक्षम भएपनि दोस्रो खेलमा राजस्थान रोयल्ससंग हारेको थियो ।
आजको खेलमा दिल्ली जितको लक्ष सहित मैदान उत्रने छ, तर उसका लागि आफ्ना अनुभवी बलर रविचन्द्र अश्विन नखेल्ने सम्भावना छ ।
अघिल्लो खेलमा चोट बोकेका उनलाई यो खेलमा विश्रामदिए नेपाली लेग स्पिनर सन्दीपले खेल्ने मौका पाउने ठुलो सम्भावना रहन्छ । यस्तै दिल्लीका लागि तिब्र गतिका बलर इशान्त शर्मा पनि खेल्नेछैनन् । उनले पनि हातको चोट बोकेका छन् ।
सन्दिप खेल्ने सम्भावना

पहिलो खेलमा मौका नपाएका सन्दिप दोश्रो खेलमा मौका पाउने सम्भावना कम रहेको छ। सन्दिप खेल्नको लागि दिल्लीले १ जना विदेशी खेलाडीलाई गत खेलको अन्तिम-११ टिमबाट बाहिर निकाल्नु पर्ने हुन्छ। मार्कस स्टोइनिस, शिमरन हेटमायर र कागीसो रबाडाको स्थान पक्का छ। एनरिक् नोर्कियाले पनि पहिलो खेलमा राम्रो बलिंग गरेकोले दोश्रो खेलमा बाहिर राख्ने सम्भावना कम छ। ४ जना मात्र विदेशी खेलाडीले टिममा मौका पाउने हुँदा सन्दिप खेल्नको लागि टिममा १ जना भारतीय फास्ट बलर भित्रिनु पर्छ। त्यसले नोर्किया बाहिर निस्कन सक्छन्।
इशान्त शर्मा टिममा आएको खण्डमा टिममा शर्मासंगै रबाड़ा र स्टोइनिस फास्ट बलरमा रहनेछन्। त्यसो हुँदा टिमले ३ जना स्पिनर लिएर खेल्न सक्छ। इशान्त शर्मा ढाडको समस्याको कारण खेल्ने सम्भावना कम रहेको छ। अर्का घाइते अफ स्पिनर रभीचन्द्रन आश्विन नखेले पनि उनको स्थानमा भारतीय बलरलेनै स्थान बनाउनेछन्। आश्विन नखेले मिश्रा अन्तिमम-११ मा हुनेछन्।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…