
एजेन्सी, असोज ९ । युएईमा जारि १३ औं आईपीएल अन्तर्गत शुक्रबार श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर चेन्नाईले दिल्लीलाई ब्याटिंगको निम्तो दिएको छ ।
पहिलो खेलमा पन्जाब बिरुद्ध मौका नपाएका सन्दिपले दोश्रो खेलमा पनि बेन्चमा रहेका छन् । रभीचन्द्रन आश्विन घाइते हुँदा मौका पाउने आशा नेपाली फ्यानहरुले गरेका थिए । आश्विनको पहिको खेलमा पन्जाब बिरुद्ध घाइते भएका थिए।
लिग अन्तर्गत चेन्नाईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गर्दा दोश्रो खेलमा राजस्थानसंग १६ रनले पराजित भएको थियो। दिल्लीले पहिलो खेलमा किंग्स–११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो ।
लिग इतिहासमा दुई टिमले एकअर्कासंग हालसम्म २१ खेल खेलेका छन् जसमध्ये चेन्नाई १५ तथा दिल्ली ६ पटक विजयी भएको छ। अन्तिम पटक २०१९ मा चेन्नाईले दिल्लीलाई दोश्रो क्वालीफायरमा ६ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा उत्कृस्ट प्रदर्शन गरेका चेन्नाई ब्याट्सम्यान अम्बाती रायडु घाइते भएका कारण पुनः अन्तिम ११ मा छैनन्। यस्तै ड्वेन ब्राभो पनि घाइते हुँदा अर्को खेल पनि गुमाएका छन्। रुतुराज गायकवाड र जोश हेजलवुडलाई टिममा मौका दिईएको छ । लुंगी एनगीडीलाई बाहिर रखिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…