
एजेन्सी, असोज १० । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा अजा कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा दुबै टोली दोस्रो खेलका लागि उत्रिँदै छन् । दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता यस अघिको खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । त्यसैले लिगमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यता, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा भारतीय टोलीका कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।
यी टोलीबीचको प्रतिस्पर्धामा गत सिजनका दुई भेटमा दुबैले एक÷एक खेलमा जित निकालेका थिए । गत संस्करणमा भएको पहिलो भेटमा कोलकत्ताले ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो भेटमा हैदराबादले ९ विकेटको जित निकालेको थियो ।
कोलकत्ताले हैदराबादविरुद्ध कार्तिकसँगै सुनिल नारिन, नितेश राना, आन्द्रे रसेल, इयान मोर्गन, पाट कुमिन्स, कुलदिप यादब जस्ता खेलाडी मैदान उतार्ने छन् । यस्तै हैदराबादसँग भने वार्नरसँगै जोनी बेयस्र्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी रहने छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…