
ट्रेल रेसमा सहभागि धावकहरु दौडिदै । तस्बिर फाईल
खेलाडी न्युज(पोखरा)-पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन् । ती गोरेटो केही प्रचलनमा छन् । केही प्रचलनमै छैनन् । प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियान पोखराकै युवा समूहले गर्दै आएको छ । समूहले टे«ल रेस सिरिजको नाम दिदैं संरक्षण र प्रवद्र्धन अभियानमा आफनो पाईलालाई वर्षेनी चलाउँदै आएको छ ।
तयारीकै संघारमा रहँदा कोभिड¬–१९ को महामारीले रोकियो टे«ल रेस । चैतको अन्तिम साता आयोजनासहित टे«ल रेस रोकिदाँ धावकहरुको गोडा एक्कासी रोकियो । उकाली ओराली ग्रामीण गोरेटोमा दौडिदैं पर्यटन प्रवद्र्धन गर्नमा जुटदै आएको थियो । ‘नेपाली मौलिक टे«ललाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत वर्षेनी ट्रेल रेस गर्दै आएका छौं–सिरिजका अध्यक्ष विकास गुरुङले भने–‘कोभिड–१९ सँगै शुरुभएको लडकडाउनले सबै ठप्पै छ । रेस पनि रोकिएको छ । धावकका गोडाहरुपनि रोकिएका छन् ।’ रेस आफैंमा सकसपूर्ण छ । ७ महिना रोकियो ।
ट्रेलरेस प्रतिको चासो अहिले बढ्दै गएको छ । स्थानीय युवाहरुको सक्रियता छ । त्यतिमात्रै नभई काठमाडौंको ट्रेल रेस सिरिजले पनि पोखरामा रेस गर्न आवश्यक अध्ययनसहित तयारी गरेको उनी बताउँछन् । ‘हामीले मात्रै होईन् काठमाडौंको टोलीले समेत रेस गर्न अध्ययन गरिरहेको छ ।’ उनले भने–‘जुन ट्रेलमा हामीले दौडायौं, त्यसैमा उनीहरुले दौडाउने योजना छ । लकडाउन सकिएपछि सायद काठमाडौंको टिम पोखरा आईपुग्छ ।’
२०७४ सालमा पोखरा टे«ल रेस सिरिजको स्थापना भएको हो । संस्थाले दुईवर्षमा ५ वटा रेस गरिसक्यो । रेस सबै आफन्ै बलबुतामा । आर्थिक सहयोग स्वयंसेवक तथा शुभचिन्तकबाट जुटाउँदै पाँचवटा रेस गरिएको अध्यक्ष गुरुङले बताए । ‘शुरुमा काहुँ रेस(१३ कि.मी) आयोजना गर्यौं’ उनले भने–‘त्यतिबेला अल्ट्रारेस धाविका मिरा राईबाट उदघाटन गर्यौं ।’ त्यसपछि रानीबन रेस( २० कि.मी),सराङकोट–मेथ्लाङ रेस(२५ कि.मी), पन्चासे रेस(५५ कि.मी) र धान रेस (७ कि.मी) आयोजना गरिएको उनले जानकारी दिए ।
दौडमा स्वदेशी मात्रै नभई विदेशी धावकले चासो दिएका थिए । तर अहिले विषम परिस्थितिकै कारण चाहना राख्दै आउन चाहनेपनि रोकिन पुगे । लकडाउन खुलेपछि ५५ कि.मीको पन्चासे रेस शुरु गर्ने योजना रहेको उनले सुनाए । नयाँ रुटको रुपमा निर्मलपोखरी दौडाउने अवधारणा अघिसारेका छन् । ‘ताल टु तालको अवधारणा समेत बनाइएको छ ।’ उनले भने–‘यसले नयाँ पर्यटन पदयात्राको खाका कोर्ने छ ।’ रुट खोज्दै त्यसलाई मार्किङ गर्नुपर्ने अवस्थाले समय धेरै खर्चिलो हुने उनको भनाई थियो । लेखनाथ क्षेत्रको रोयल ट्रेकलाई समेत ट्रेल रेसको रुट बनाउने तर्फ समेत संस्थाले चासो देखाएको उनले बताए । उनका अनुसार रेस आयोजना गर्दा स्वयंसेवक तथा शुभचिन्तकबाट आर्थिक सहयोग जुटाउँदै आउँदा समस्या परेको छ । ‘सधैभरी शुभचिन्तकबाटै सहयोग जुटाएर रेस आयोजना गर्न कठिनाई छ । त्यसैले दिगो प्रायोजन भेटिए अझ रेसलाई अझ प्रभावकारी बनाउने थियौं ।’ उनको भनाई थियो । एउटा ट्रेल रेस गर्न थोरैमा ३ लाख रुपैयाँ खर्च हुन्छ । पुरस्कार रकम राख्दा ५ लाख भन्दा बढी खर्च हुन्छ । वर्षमा चारवटा रेस गर्दै आएको अवस्थामा खर्चिलो भएको अध्यक्ष गुरुङको भनाई छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…