एभर्टनको लगातार तेस्रो जित, चेल्सी हारबाट जाेगियाे

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ११ गते २०७७ मा प्रकाशित


Everton's Richarlison, left, and Everton's Dominic Calvert-Lewin celebrate a goal against Crystal Palace during the English Premier League soccer match between Crystal Palace and Everton, at Selhurst Park, London, Saturday, Sept. 26, 2020. (Bradley Collyer/Pool via AP)

एजेन्सी, असोज ११ । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति एर्भटनले लगातार तेस्रो जित निकाल्दा चेल्सी भने हारबाट जोगिएको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा एर्भटनले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । क्रिस्टलको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविन १०औं र रिचार्लीसनले ४०औं मिनेटमा एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल २६औं मिनेटमा फर्काए ।

जितसँगै एभर्टनले ३ खेलमा ९ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा रहेको छ । एभर्टनले पहिलो खेलमा टोटेनहमलाई १–० ले हराएको थियो । दोस्रो खेलमा एभर्टनले वेस्ट ब्रुमलाई ५–२ ले हराएको थियो । क्रिस्टलको यो पहिलो हार हो । क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । यस अघि क्रिस्टलले पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले र दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको थियो ।

लिग अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले वेस्ट ब्रुमसँगको पराजयलाई टारेको छ । निकै रोमाञ्चक बनेको खेलमा वेस्ट बु्रमले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा भ्रमणकारी टोली चेल्सीसँग अंक बाँड्न बाध्य भएको हो ।

प्रिमियर लिग अन्तर्गत अर्को खेलमा साउथ ह्याम्पटनले घरेलु टोली बन्र्लीलाई १–० ले स्तब्ध बनायो ।