
एजेन्सी, असोज ११ । इटालियन सिरि ‘ए’ मा गएराति भएको खेलमा इन्टर मिलानले फियोरेन्टिनमाथि जित निकालेको छ ।

४–३ को संघर्ष पूर्ण जित निकालेको मिलानले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । खेलमा पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा इन्टर मिलानले तीन तथा फियोरेन्टिनाले दुई गोल गरेका हुन ।

तेस्रो मिनेटमा कोउएमीको गोलबाट फियोरेन्टिनाले सुरुवाति अग्रता लियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्तिनेजले इन्टर मिलानका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा फियोरेन्टिनाका लागि कास्ट्रोभिलीले ५७ औँ तथा चिएसाले ६३ औँ मिनेटमा गोल गरे।

इन्टर मिलानका लागि रामेलु लुकाकुले ८७ औँ तथा डी’एमब्रोसिओले ८९ औँ मिनेटमा गोल गरे। त्यसअघि ५२ औँ मिनेटमा फियोरेन्टिनाका चेचेरिनीले आत्मघाती गोल गरेका थिए । लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा एट्लान्टाले तोरिनोलाई ४–२, लाजिओले काग्लिएरीलाई २–० तथा बेनेभेन्तोले साम्पडोरियालाई ३–२ ले पराजित गरेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…