
गोल गरेपछि खुशी मनाउँदै लिभरपुलका खेलाडीहरु ।
एजेन्सी-प्रिमियर लिग अन्तर्गत लिभरपुलले आर्सनलमाथि ३(१ गोलको नजिता निकालेको छ । उत्कृष्ठ पुनरागन गर्दै लिभरपुलले महत्वपूर्ण जित निकाल्दै तीन अंक जोड्यो ।
पहिलो गोल आर्सनलले सम्भव बनायो । खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । अलेक्जेण्डर लाजाकाट्टेले गोल गर्दै अग्रता दिलाएको खुशी केवल तीन मिनेट मात्रै रह्यो ।
२८ औं मिनेटमा लिभरपुलका सादियो मानेले गोल गर्दै लिभरपुल खेलमा फर्कियो । त्यसपछि एण्डी रोबर्टसनले ३४ औं मिनेटमा गोल गर्दै लिभरपुलले अग्रता कायम गर्यो । ८८ औं मिनेटमा डियागो जोटाले अन्तिम गोल गरे । लिभरपुलमा आएसँगै उनले आफनो छवि प्रष्टयाईसकेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…