
sunrise Batting
एजेन्सी तेस्रो जितको लक्ष्य लिएको दिल्लीलाई सनराईज हैदरावादले १६३ रनको लक्ष्य तेर्साएको छ । जोनी ब्रिस्टोले अर्धशतकीय पारी खेले ।
उनलाई दोस्रो विकेटको रुपमा कप्तान डेविन वार्नरले साथ दिए । पहिलो विकेटको रुपमा मनिष पाण्डे ३ रनमा आउट भएपछि जोनीले सम्हालेका थिए ।
पहिलो विकेट झदौ सनराईजले ५० रन बनाएको थियो । ७९ बल पुरा हुदाँ सनराईजले १०० रनको आकडाँ पुरा गरेको थियो । पावर प्लेमा ३८ रन बनाएको थियो ।
जोनीले ५३ रनको योगदान दिदाँ रवाडाको बलमा एनरिच नोट्जेको हातबाट क्याच आउट भएका थिए । दोस्रो विकेटको रुपमा कप्तान वार्नर आउट हुन पुगे ।
व्यक्तिगत ४५ रनमा खेलिरहेका वार्नरलाई अमित मिश्राले विकेट किपर ऋषभ पन्तको हातबाट क्याच गराए । वार्नरले ३३ बल खेल्दै ३ चौका र दुई छक्का हिर्काए ।
जोनीले भने ५३ रन बनाउन ४८ बल खेल्दै दुई चौका र एक छक्का व्याटिंगबाट निस्कियो ।
केन विलियम्सनले पनि इनिग सम्हाल्दै ४१ रन हिर्काए । २६ बल खेल्दै ५ चौका हान्दै इनिंग उकास्न महत्वपूर्ण भूमिका खेले ।
दिल्लीका लागि इशान्त शर्माले कुनैपनि विकेट आफनो नाममा लेखाउन सकेनन् । रबडाले २ र मिश्राले २ विकेट लिए । सनराईजले ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…