हैदराबादले पहिलो जित निकाल्दा, सन्दीपको टोली दिल्लीको पहिलो हार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १३ गते २०७७ मा प्रकाशित


एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा सनराइजर्स हैदरबादले दिल्ली क्यापिटललाई १५ रनले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको सनराइजर्स हैदराबाटले चार विकेट गुमाएर १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र १ सय ४७ रन जोड्न सक्यो ।

दिल्लीलाई सस्तैमा समेट्न सनराइजर्सका बलर रासिद खानले सर्वाधिक ३ विकेट हात पर्दा भवनेश्वर कुमारले २ विकेट आफ्नो नाममा लेखाए ।

जवाफी ब्याटिङ गर्ने क्रममा शिखर धवनले सर्वाधिक ३४ रनको इनिङ खेल्दा, रिसब पन्तले ३२, सिमरन हेटमायरले २१, कप्तान श्रेयस ऐरले १७ जोड्दा ओपनर पृथ्वी शअ २ रनमै पवेलियन फर्किएका थिए । तेस्रो जितको लक्ष्य लिएको दिल्लीलाई सनराईज हैदरावादले १६३ रनको लक्ष्य तेर्साएको छ । जोनी ब्रिस्टोले अर्धशतकीय पारी खेले ।


उनलाई दोस्रो विकेटको रुपमा कप्तान डेविन वार्नरले साथ दिए । पहिलो विकेटको रुपमा मनिष पाण्डे ३ रनमा आउट भएपछि जोनीले सम्हालेका थिए । पहिलो विकेट झदौ सनराईजले ५० रन बनाएको थियो । ७९ बल पुरा हुदाँ सनराईजले १०० रनको आकडाँ पुरा गरेको थियो । पावर प्लेमा ३८ रन बनाएको थियो ।


जोनीले ५३ रनको योगदान दिदाँ रवाडाको बलमा एनरिच नोट्जेको हातबाट क्याच आउट भएका थिए । दोस्रो विकेटको रुपमा कप्तान वार्नर आउट हुन पुगे । व्यक्तिगत ४५ रनमा खेलिरहेका वार्नरलाई अमित मिश्राले विकेट किपर ऋषभ पन्तको हातबाट क्याच गराए । वार्नरले ३३ बल खेल्दै ३ चौका र दुई छक्का हिर्काए । जोनीले भने ५३ रन बनाउन ४८ बल खेल्दै दुई चौका र एक छक्का व्याटिंगबाट निस्कियो । केन विलियम्सनले पनि इनिग सम्हाल्दै ४१ रन हिर्काए । २६ बल खेल्दै ५ चौका हान्दै इनिंग उकास्न महत्वपूर्ण भूमिका खेले ।


दिल्लीका लागि इशान्त शर्माले कुनैपनि विकेट आफनो नाममा लेखाउन सकेनन् । रबडाले २ र मिश्राले २ विकेट लिए । सनराईजले ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । मंगलबारको पराजयसँगै दिल्लीले जारी सिजनको आईपिएलमा पहिलो हार बेहोरेको छ भने सनराईजर्सस हैदराबादले पहिलो जित निकालेको छ ।