
एजेन्सी-इंग्लिस क्लब लिसेष्टर सिटीले फ्रान्सेली युवा खेलाडीलाई भित्र्याउन सहमति नजिक पुगेको छ । सेन्ट इस्टोनीबाट १९ वर्षिय फ्रान्सेली खेलाडी वस्ले फोफानीलाई भित्रयाउन नजिक पुगेको हो । सहमति अनुसार लिसेष्टर सिटीले ३६.५ मिलियन पाउण्डमा भित्राउने सक्ने छ ।
फोफानालाई भित्रयाउन वेष्टह्यामले पनि चासो भने दिईरहेको छ । तर क्लबले फोफानालाई एक वर्ष क्लबमै राखेर अर्को वर्ष अझ मूल्य बढाउन सक्ने सम्भावना पनि छ । सेन्टर डिफेन्सको भूमिका रहेका फोफाना समरमा लिसेष्टरका लागि दोस्रो डिफेन्डर बन्ने छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…