
एजेन्सी-स्पेनिस ला लिगा अन्तर्गत आजराती रियल मड्रिडले रियल भल्लाडोलिडसँग खेल्दै छ । भल्लाडोलिडसँग खेल्नु अघि रियलका व्यवस्थापक एवं प्रशिक्षक जिनेदिन जिदानले नयाँ खेलाडी भित्रयाउन इच्छुक नरहेको बताएका छन् । अर्को साता ट्रान्सफर अन्त्य हुदैं छ । यद्यपी रियल मड्रिडले कुनै खेलाडी भित्रयाउन ईच्छा नभएको प्रशिक्षक जिदानले प्रष्टयाइसकेका हुन् ।
ला लिगको नयाँ सिजनमा मड्रिड सातौं स्थानमा छ । भल्लाडोलिड भने १७ औं स्थानमा छ । दुवैको पछिल्लो पाँच प्रतिस्पर्धालाई नियाल्दा स्पेनिस प्रिमियर डिभिजनको प्रतिस्पर्धा गत जनवरी २०२० मा रियल मड्रिडले १(० ले जित दर्ता गरेको थियो । मड्रिडले भल्लासँग सिजनको पहिलो भेट हो । यसअघि स्पेनिस डिभिजन लिगमा मात्रै प्रतिस्पर्धा गरेको तथ्यांक छ । मड्रिड र भल्ला दुई पटक बराबरी खेलेका छन् भने तीन पटक भल्ला मड्रिडसँग पराजित भएको छ ।
रियल मड्रिडले दुई खेलबाट चार अंक जोड्दा भल्लाले भने तीन खेलबाट २ अंक मात्रै जोडेको छ । रियल मड्रिडका अधिकांश खेलाडी घाईते छन् । टोनी क्रस, मार्सेलो मार्को एसेन्सो तथा आइदर मिलिताओ घाइृते छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…