
नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रतियोगिता सञ्चालन गर्ने निर्णायक मण्डलमा छनोट
काठमाडौं-विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रतियोगिता सञ्चालन गर्ने निर्णायक मण्डलमा छनोट भएका छन् । युएस वर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता अक्टोबर १०, ११, १७ र १८ तारिखमा हुने छ ।
विश्वभरबाट ५ निर्णायक छनोट गरिएकोमा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् । अन्य चार निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।
पान अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा केहि महिना अघि भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका मध्ये ५ उत्कृष्ट निर्णायकलाई विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि छनोट गरिएको हो । निर्णायकको भुमिका निर्वाह गरेवापत प्रत्येकले दैनिक १ सय अमेरिकन डलरका दरले पारिश्रमिक पाउने छन् । अनलाइन मार्फत प्रत्यक्ष हुने यो प्रतियोगितामा सहभागी हुन इच्छुकले दर्ता शुल्क वापत १ सय अमेरिकी डलर बुझाउनु पर्ने छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…