अभ्यासमा फर्किने अनुमतिको पर्खाइमा फुटबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १४ गते २०७७ मा प्रकाशित


गोलको खुशीयाली मनाउँदै खेलाडीहरु ।

काठमाडौं । कोरोनाको त्रास छ । त्रासकै कारण खेलकुद क्षेत्र ठप्प छ । महामारीको चपेटामा परेको फुटबल गतिविधि चल्नै सकेको छैन् । सञ्चालन हुनेमा अझै दुविधा छ । तर नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासमा फर्काउन सरकार समक्ष आग्रह गर्दै आएको छ । माग सम्बोधन भए सञ्चालन गर्ने लक्ष्य एन्फाको छ ।
कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल तालिका जनवरीसम्म स्थगित छ ।

कोरोनाकै बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किसकेको छ । एसियाली केही राष्ट्रमा पनि मात्र फुटबल शुरु भईसकेको छ । नेपालमा भने कोरोनाको कहर ब्यापक हुँदा गतविधि पनि शून्य नै देखिएका छन् । घरेलु प्रतियोगिताका प्राय ठप्प हुँदा खेलाडीको दिनचर्या घरआगनै भन्दा बाहिर आउन छैन् । अहिले स्वास्थ मापदण्ड बनाएर अन्य खेलकुद गतिविधि फर्किने जमर्को गरिरहेका छन् । सरकारले अनुमति दिए अभ्यास थाल्ने तयारीमा खेलाडी छन् । फुटबल खेलाडी पनि त्यसैको पर्खाइमा छन् । अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भइरहेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।
‘अभ्यासमा फर्किन हामीले राष्ट्रिय खेलकुद परिषद मार्फत सरकारसमक्ष माग राखेको छौ । समूह गत खेल भएकाले स्वास्थ्य पोर्टोकल र अनुमति अति नै आवश्यक हो,’ व्यवस्थापक मधुसुदनले भने, ‘मैत्रीपूर्ण खेललाई धेरै देशबाट प्रस्ताव आएका छन् । विश्वकप छनोटको खेल तालिका सम्भवता जनवरी पछि तोकिँदैछ, त्यो अगावै एक दुईवटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल्न पाए विश्वक तयारी राम्रो हुन्थ्यो ।’
खेलाडी पनि अभ्यासमा फर्किन आतुर छन् । सीमित वातवरणले उनहीलाई पिरोलिरहेको छ । फिटनेस समस्याको चिन्ता पनि बढेको छ । घरेलु अभ्यासमा व्यस्त भए पनि मैदानको जस्तो लाभदायी नहुने खेलाडीले बताउँदै आएका छन् । पछिल्लो समय मैत्रिपूर्ण खेलका लागि प्रस्ताव आएकाले विश्वकप छनोटका लागि मैत्रिपूर्ण खेल महत्वपूर्ण हुने र त्यसका लागि अभ्यास खाँचो भएको औल्याए ।
त्यसो त एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलानको माध्ययमबाट प्रशिक्षण पनि दिइरहेको छ। विज्ञको सर सल्लाहबाट खेलाडीले टिप्स पनि लिइरहेका छन् । फिफाको गाईड लाइन अनुसार घरमा सिमित भएका खेलाडीलाई शारिरिक हिसाबमा स्वस्थ रहने टिप्स प्रदान गर्दै आएको राष्ट्रिय फुटबल टोलीका फिजियो आविस्कार पुडासैनले जानकारी दिए ।
‘मैदानको जस्तो अभ्यास घरको अभ्यास त हुँदैन, तै पनि मैदान फर्किदा खेलाडीमा इन्जुरीको चान्स धेरै नहोस भनेर अहिले प्रविधिको प्रयोग गरेर टिप्स दिइरहेका छौं,’ फुटबल फिजियो आविस्कारले भने, ‘फिफा र एएफसीले जारी गरेको गाइडलाईनलाई पालना गरेर खेलाडीसँग निरन्तर सम्पर्कमा रहेका छौं ।’
तत्काल कुनै पनि प्रतियोगिता सञ्चालन हुने अवस्था छैन् । प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि पक्कै लाभदायी हुनेछन् । त्यसका लागि मैदान फर्किन आवश्यक पर्ने होमवर्क गर्न खेलाडी पनि तम्तयार नै छन् । यसका लागि अभिभावक संस्था एन्फाले पहल चाल्दै जिम्मेवारी भूमिका खेल्नुपर्ने छ ।