काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २० गते २०७७ मा प्रकाशित


एजेन्सी, असोज २० । उरुग्वेका स्ट्राइकर एडिन्सन काभानी प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाईटेमा अनुबन्ध भएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर एडिन्सन काभानीले एक वर्षको सम्झौता गरेर युनाइटेडमा अनुबन्ध भएका हुन् ।

३३ वर्षका काभानी गएको जुन अन्त्यमा पिएसजीबाट बाहिरिएका थिए । उनले क्लबबाट खेल्दा ५५६ खेलमा ३४१ गोल गरेका छन् । त्यसमध्ये उनले पिएसजीबाट ३०१ खेलमा कीर्तिमानी २०० गोल गरेका छन् । काभानीले उरुग्वेबाट ११६ खेलमा ५० गोल गरेका छन् ।

उनले म्यानचेस्टर युनाइटेडबाट खेल्ने पहिलो खेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत अक्टोबर २० मा पिएसजीसँग हुने खेल बन्न सक्ने छ । त्यसअघि युनाइटेडले प्रिमियर लिगमा अक्टोबर १७ मा न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ।