
सनराईज हैदरावादका भरपर्दा बलर भुवनेश्वर कुमार
एजेन्सी-सनराईज हैदरावादका भरपर्दा बलर भुवनेश्वर कुमारले भारतीय फ्रेन्चाईच लिग आईपिएलको यो सिजन गुमाउने छन् । थाईमा भएको चोटका कारण उनले यो सिजनको आईपिएल गुमाउने निश्चित जस्तै छ ।
यद्यपी चोट कति गहिरो छ भन्ने विषयमा अझै बाहिर आईसकेको छैन् । गत साता चेन्नई विरुद्धको खेलमा चोटग्रस्त बन्न पुगेका थिए । उनको ठाँउमा लेफ्ट आर्म फाष्ट बलर पृथ्वीराज यारालाई अवसर दिईएको छ । उनले चेन्नई विरुद्ध केवल एक ओभर मात्रै बलिंग गरेका थिए ।
बलिंग पछि उनले हिपमा समातेपछि चोटले ग्रसित भएको अनुमान गरिएको थियो । यो सिजनको आईपिएल चोटकै कारण अनुपस्थिति हुने उनी तेस्रो खेलाडी हुदाँ सनराईजका भने दोस्रो हुन् । उनी भन्दा अघि मिचेल मार्स एंकलमा चोट लागेपछि आईपिएल बेन्चमा बसेर टुग्याउने छन् ।
दिल्लीका लेग स्पिनर अमित मिश्राम चोटग्रस्त भएपछि हिजो रोयल्स च्यालेन्ज बैंगलोरसितको खेलमा उपस्थिति भएनन् । उनको पनि यो सिजनको आईपिएल बेन्च बसेर वित्ने छ ।
भुवनेश्वरको स्थानमा आएका २२ वर्षिय पृथ्वीराज यारा आन्द्राबाट फष्ट क्लास क्रिकेट खेलेका हुन् । गत सिजनको याराले कोलकोत्ताबाट दुई खेल खेलेका थिए । उनले डेब्यु खेलमा सनराईज विरुद्ध विकेट लिएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…