रोनाल्डो बलात्कार घटना, न्यायधिश पैसाको लेनदेनको सहमति सुन्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २१ गते २०७७ मा प्रकाशित


portugal captain Ronaldo

एजेन्सी-क्रिष्टियानो रोनाल्डाको दश वर्ष अघि बलात्कारको आरोप लागेको घटना फेरी बल्झिने देखिएको छ । दशवर्ष अघि नै पैसाको लेनदेनमा सहमति(समर्थन) केस मिलाइएको भएपनि अमेरिकी न्यायधिशले भनेका छन पीडित महिलाले आफैंले बहस सुन्ने र आफैं निर्णय गर्ने उनी आफै पैसाको लेनदेनमा सम्झौता गर्न मानसिक तबरमा फिट छन कि छैनन भनेर ।

दशवर्ष अघि लस भेगासको रिसोर्टको सुईटमा बलात्कार गरेको आरोपमा रोनाल्डो विरुद्ध महिलाले कानूनी लडाईको लागि नेवादाको एउटा संघीय न्यायधिश अगाडि मुद्धा चलाउन लागेको थियो । एशोसियट प्रेसको समाचार अनुसार ठ्याक्कै मिति यकिन छैन् । तर संयुक्त राज्य अमेरिकाको जिल्ला न्यायधिश जोनिफर डोर्सीले भने- उनी बहस सुन्नेछिन् र आफैले आफै निर्णय गर्ने छिन् । मानसिक रुपमा फिट छ कि छैन । २०१० को घटनामा पैसाको लेनदेन(सहमति) । त्यतिबेला नै रोनाल्डोका प्रतिनिधिहरूले मेयरगागालाई तीन लाख ७५ हजार अमेरिकी डलर भुक्तानी दिईसकका छन् ।

रोनाल्डोका वकिल पिटर क्रिश्चियनसेनले मंगलबार टिप्पणी गर्न अस्वीकार गरे। लेस्ली मार्क स्टोवालको नेतृत्वमा मेयरगागाका वकिलहरूले सेप्टेम्बर ३० मा जारी गरेको न्यायाधीशको फैसलाको बारेमा ईमेल र टेलिफोन सन्देशहरूमा तुरुन्त प्रतिक्रिया देखाएनन्। डोर्सीले भने कि अदालतले निर्णय गर्नु पर्छ मेयरगागाले रोनाल्डोका प्रतिनिधिहरुसंग गोप्यताका लागि हस्ताक्षर गर्न मानसिक क्षमताको अभाव छ कि छैन । कुनै पनि सम्झौता गर्न दुई पक्षबीच सहमति भएको थियो कि थिएन् । स्पष्ट छैन कि रोनाल्डो वा मेयरगा अदालतमा व्यक्तिगत रूपमा उपस्थिति हुनुपर्छ ।

एसोसिएटेड प्रेसले सामान्यतया यौन दुर्व्यवहारको शिकार भएका व्यक्तिहरुको पहिचान खुलाउँदैन् । तर अक्टोबर २०१८ मा रोनाल्डोको विरुद्ध मुद्दा हालेपछि, मेयरगागाले पहिचान गर्नका लागि उनका वकीलहरू मार्फत सहमति दिइएको थियो ।

डोर्सीले नोभेम्बरको अन्त्यसम्म दुबै पक्षलाई बेन्चमै बसेर सहमतिको योजना बनुन् । क्रिश्चियनसेनले डोरसीको आदेशलाई नवौं अमेरिकी सर्किट अदालतमा अपिल गर्न सक्छ । उनले त्यसो गर्न अस्वीकार गरे।

रोनाल्डोका कानुनी प्रतिनिधिहरूले यो निकै टाढा रहेको जनाउँदै सबै विवरण २०१० मै बन्द(सिल) गरिएको छ । संयुक्त राज्यका जिल्ला न्यायाधीशहरूले मजिस्ट्रेट न्यायाधीशहरूलाई ओभररुल मात्र नभई अदालतमा दायर गरिएको मुद्धा र बहस समेत नियन्त्रण गर्न सक्ने छन् ।

मेयरगागा लास भेगास क्षेत्रमा बस्ने एक पूर्व शिक्षक र मोडेल हुन्। उनी आफ्नो मुद्दामा भन्छिन् कि रोनाल्डो वा उनका साथीहरूले २०१७ मा युरोपेली प्रकाशनमा यसबारे रिपोर्टहरू देखा पर्न दिएर गोपनीयता सम्झौताको उल्लंघन गरे । उनी रोनाल्डोबाट कम्तिमा दुई लाख डलर संकलन गर्न चाहन्छिन।