
२०१८ को विश्वकपमा स्पेन विरुद्ध फ्रिकिक हान्दै रोनाल्डो
एजेन्सी-बिहीबार विहान स्पेनले पोर्चगुलसँग मैत्रीपूर्ण खेल खेल्दै छ । मैत्रीपूर्ण खेलमा बाजी कस्ले मार्छ भन्दा पनि क्रिष्टियानो रोनाल्डोले स्कोर गर्छन कि गर्दैनन् भन्ने चासोको विषय रहने छ ।
देशको लागि सर्वाधिक गोलकर्ताका सूचीमा दोस्रो स्थानमा छन रोनाल्डो । १०२ गोलसहित दोस्रो स्थानमा रहेको उनले स्पेन विरुद्धको खेलमा कस्तो प्रदर्शन रहन्छ भन्ने सबैको ध्यान केन्द्रीत छ । १०९ गोलको रेकर्ड इरानका अली दाइको नाममा छ । त्यो लक्ष्य पछ्याउने रोनाल्डो उद्दत छन् । स्पेनपछि पोर्चुगलले स्वीडेनसँग खेल्ने छन् । नेसन्स लिगमा भेट हुदैं छ । पछिल्लो पाँच खेलको नजितालाई नियाल्दा स्पेन भन्दा रोनाल्डोको टोली पोर्चुगल नै बलियो देखिएको छ ।
२०१८ को विश्वकपमा स्पेनसँग पोर्चुगलले ३-३ गोलको बराबरी खेलेको थियो । युइएफ युरोपिन च्याम्पियन्समा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका थिए । २०१० को अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धा स्पेनलाई पोर्चुगलले ४-० गोलले पराजित गरेको थियो । सन २०१० को फिफा वल्र्डकपमा स्पेनले पोर्चुगललाई १-० गोलले पराजित गर्दा सन २००४ को युइएफए युरोपियन च्याम्पियनमा भने पोर्चुगलले स्पेनलाई १-० गोलले पराजित गरेको तथ्यांक छ ।
स्पेनको कप्तानी सर्जियो रामोसले गर्ने छन् । युवा खेलाडी फातीलाई आफनो मुख्य हतियार बनाउने सम्भावना छ । त्यसैगरी पोर्चुगलले रोनाल्डाको काँधमा कप्तानी छ । केहीदिन मै नेसन्स कपको लागि तयारी गर्नुपर्ने भएकोले चोटबाट जोगाउन पनि रोनाल्डोलाई आराम वा खेलाउने दुविधामा छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…