पन्जाबमाथि हैदरावादको सहज जित, पन्जाबको पाँचौ हार

- आईपिएल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २३ गते २०७७ मा प्रकाशित


एजेन्सी, असोज २३ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा सन राइजर्स हैदरावादले तेस्रो जित निकालेको छ ।

दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३२ रनमा समेटियो । खेलमा पन्जाबका लागि निकोलस पुरनले सर्वाधिका ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य खेलाडीले सम्झना लायक प्रदर्शन गर्न नसक्दा नतिजा सुम्पिन बाध्य भएको हो ।

त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे । पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ३ विकेट लिए । यस्तै खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदरावादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा पवेलियन फर्किए । खेलमा पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए । त्यसपछि भने हेदरावादको इनिङ चल्न सकेको थिएन । अविशेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे बनाए ।पन्जाबका रबि बिश्नोईले २ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए ।

जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदरावाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । पन्जाबको यो पाँचौ हार हो । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।