
पेनाल्टी प्रहार गर्दै लियोनेल मेस्सी ।
एजेन्सी-लियोनेल मेस्सीको निर्णायक गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोट प्रतिस्पर्धामा इक्वाडोरमाथि १-०को कठिन जित निकालेका छ । बार्सिलोनाका स्टार मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अजेन्टिनाको जित सम्भव बनाएका थिए । उनको पेनाल्टी गोलले अर्जेन्टिनाले आफनो इज्जत जोगाउन सफल भयो ।
अर्जेन्टिनाका लुकास ओकम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टीको अवसर पाएको थियो । लुकासले अर्जेन्टिनाकाा प्रभिस इस्तुपिनानलाई लडाएपछि प्राप्त पेनाल्टीलाई मेस्सीले सहज गोल गर्दै जित आत्मसात गरेका हो ।
पहिलो हाफको अतिरिक्त समयमा इक्वाडोरका रेनाटो आईबराले क्रस गरेको बललाई रोर्बटो अर्बोलेडाले हानेको हानेको हेडर बाहिरिएको थियो । बराबरी गोल गर्ने अवसर गुम्दा पहिलो हाफ अर्जेन्टिनाले अग्रता लिएको थियो । ४६ औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले मिलाईदिएको पासलाई लेन्ड्रो परेडेसले हानेको सट बचाउ गरे ।
४८ औं मिनेटमा मार्टिनेजले दिएको हेडपासलाई लुकास ओकम्पसले हानेको बल बायाँ कर्नरमा बचाउ गरेपछि अग्रता फराकिलो बनाउने अवसर अजेन्टिनाको गुम्यो । ७३ औंं मिनेटमा मेस्सीले दिएको क्रसपासलाई एडुराडो साल्भियोले हानेको हेडिङ बल पोष्टको दिशा लिन भने सकेन् ।
८८ औं मिनेटमा इक्वाडोरका रोमारियो आईबाराले हानेको हेडिङ ब्लक हुन पुग्यो । उनलाई प्रभिस इस्तुपिनानले पास उपलब्ध गराएका थिए । खेलको इन्जुरी समयमा अर्जेन्टिनाले पाएको फ्रिककलाई मेस्सीले प्रहार क्रस गरेको पासलाई रोड्रिगो पाउलले गोलगर्न चुके ।
यसैगरी अन्य खेलमा उरुग्वेले चिलीलाई २-१ गोलले पराजित गरेको छ ।लुईस स्वारेजले पेनाल्टी मार्फत खेलको ३९ औंं मिनेटमा र अर्को गोल म्याक्सी गोमेजले इन्जुरी समयमा गोल गर्दै जित दिलाए । चिलीका लागि एलेक्स सान्चेजले ५४ औंं मिनेटमा गोल गरेका थिए । उनको गोलसँगै चिली बराबरीमा फर्किएपनि इन्जुरी समयमा गोल खाँदा उरुग्वेसँग पराजित हुन पुग्यो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…