नर्वेमाथि सर्वियाको जित

- युरोपियन च्याम्पियनसिप प्लेअफ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २३ गते २०७७ मा प्रकाशित


बल नियन्त्रणमा लिदैं नर्वेका खेलाडी ।

एजेन्सी-युरोपियन च्याम्पियन्सीप अन्तर्गत प्लेअफको सेमिफाईनल प्रतिस्पर्धामा नर्वेमाथि सर्वियाले २-१ गोलले जित निकालेको छ । निर्धारित समयमाा १-१ गोलको बराबरीपछि थप गरिएको समयमा सर्वियाले गोल गर्दै नर्वेमाथि जित आत्मसात गर्यो ।

दुवै गोल दोस्रो हाफमा भएको थियो । ८१ औं मिनेटमा सर्वियाका सर्गेज मिलिन्कोभिच-साभिचले गोल गर्दै अग्रता दिलाए । तर खेल सकिन दुई मिनेट बाँकी हुदाँ नर्वेले बराबरी गोल गर्दै खेलमा फर्कियो ।

८८ औं मिनेटमा म्याथीस नर्मनले गोल गर्दै खेललाई थप समय तर्फ लम्ब्याए । तर थपिएको १२ औं मिनेट (१०२ मिनेट) सर्गेज मिलिन्कोभिचले निर्णायक गोल गर्दै सर्वियाले जितको खुशी मनायो ।

अर्को खेलमा आईसल्याण्डले रोमानियालाई पनि २-१ गोलले नै पराजित गरेको छ । गायल्फी सिगर्डसनले दुवै गोल गरे । रोमानियाका लागि अलेक्जान्ड्रु माक्सिमले पेनाल्टी मार्फत गोल गरेपनि हारलाई टार्न भने सकेनन् ।