
काठमाडाैं, असाेज २३ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्डमा ११ सदस्य थप भएका छन् । सरकारले ९ र राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले २ सदस्य मनोनित गरेका हुन् ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र चन्द्रा बन्दना राईलाई प्रदेश १ बाट, मानदेव हजारा र मोहम्मद शेखलाई प्रदेश २ बाट, राजेश गुरुङलाई गण्डकीबाट, पुरेन्द्र लाखेलाई वागमतीबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल, एकेन्द्र कुँवर सुदूरपश्चिमबाट र सुमित्रा चौधरीलाई लुम्बिनी प्रदेशबाट सदस्य नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
त्यस्तै राखेपमा दर्ता राष्ट्रिय संघहरुको सिफारिसमा मन्त्री विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरेका हुन् ।
नयाँ सदस्यहरु मनोनित भएपछि अब राखेपको ७ सदस्य कार्यकारी समितिले पनि पूर्णता पाउनेछ । जसमा अहिले ४ जना छन् । ३ जना भने बोर्डबाट नियुक्त हुनेछन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…