
गोलगरेपछि खुशी साट्न एकैठाँउमा उपस्थिति ब्राजिलका खेलाडीहरु ।
एजेन्सी-विश्वकप छनोट अन्तर्गत ब्राजिलले बोलिभियामाथि एकपक्षीय नजिता निकालेको छ । पहिलो हाफमै २-०ले पछि परेको बोलिभियाले दोस्रो हाफमा भने अझै गोलको भार बोक्यो ।
मर्र्किन्होसले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल भने रोबर्टो फिरमिनले व्यक्तिगत पहिलो गोल ३० औं मिनेट गर्दै अग्रता दोब्बर बनाए । उनले व्यक्तिगत दोस्रो गोल भने ४९ औं मिनेटमा गर्दै ब्राजिलको अग्रतालाई तेब्बर बनाए ।
जोसे कारास्को आत्मघाती गोलको उपहार ब्राजिलको पोल्टामा हालिदियो । खेलको अन्तिम गोल भने ७३ औं मिनेटमा फिलिप कान्टिन्होले गर्दै ब्राजिलले ५-० गोलअन्तरको जित निकाल्यो ।
यसअघि अर्जेन्टिनाले इक्वाडोरमाथि १-० गोलले पराजित गरेको थियो भने उरुग्वेले चिलीमाथि २-१ गोलले जित निकाल्न सफल भएको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…