मेस्सीसँगको सम्बन्ध टुटाउन क्लब छोड्न बाध्य बनाए-स्वारेज

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २४ गते २०७७ मा प्रकाशित


बार्सिलोनामा रहँदा गोलगरेपछि खुशी साट्दै मेस्सी र स्वारेज

एजेन्सी-उरुग्वेयन स्ट्राईकर लुईस स्वारेजले लियोनेल मेस्सीको सम्बन्ध टुटाउन बार्सिलोनाले जर्वजस्ती क्लब छोड्न बाध्य पारिएको बताएका छन् । कोरोना भाईरस त्रासकै कारणले क्लबका देखिएको आर्थिक समस्या समाधान गर्ने नाममा क्लब छाड्न बाध्य पारिएको आरोप स्वारेजको थियो ।

स्वारेजले ईएसपिएन स्पोर्टससँग कुराकानी गर्दै भनेका छन- तिनीहरुले मलाई मेस्सीको साईडबाट हटाउन चाहन्थे । मेरो लियोसँगको सम्बन्ध राम्रो थियो । यद्यपी उनीहरुले हामीलाई एकैसाथ राख्न चाहेनन् । मैले कुनै कारण नै पत्ता लगाउन सकिन् । मेलै सोचे टिमलाई खराब बनाउदै छन् । उनले थपे मैदानमा हामी दुवैले एक अर्कालाई राम्रोसँग हेथ्र्यौ । टिम मेट्सँग अझ धेरै खेल्ने अपेक्षा थियो । मैदानमा हाम्रो निकै राम्रो सम्बन्ध थियो तर कुनै कारण नै थिएन हामीलाई छुट्याउने ।

स्वारेज यसै सिजन फ्रि ट्रान्सफर मार्फत एथलेटिको मड्रिडमा आवद्ध भएका हुन् । मेस्सीले पनि बार्सिलोना छोड्न चाहेका थिए । तर क्लब छोड्न ७ सय मिलियन युरोको क्लजकै कारण मेस्सी एक वर्ष क्लबमै बस्ने निर्णय गरेका थिए ।

सम्भवत २०२१ को सिजनमा मेस्सीको बार्सिलोनासँगको सम्झौता टुंगिने छ । स्वारेजले भने उनको क्लब छोडन्े निर्णयलाई सम्मान गर्ने छन् । ३३ वर्षिय स्वारेज ६ वर्ष बार्सिलोनामा विताउने क्रममा १९८ गोल गरेका छन् ।