
राजेश गुरुङ तेस्रो पटक परिषदको बोर्ड सदस्यमा नियुक्त
पोखरा-राष्ट्रिय खेलकुद परिषदका पूर्व बोर्ड सदस्य राजेश गुरुङ तेस्रो पटक परिषदको बोर्ड सदस्यमा नियुक्त भएका छन् । खेलकुद परिषदकै इतिहासमा एउटै व्यक्ति तीन पटकसम्म बोर्ड सदस्य भएको सम्भवत गुरुङ पहिलो हुन् ।
नेपाल बक्सिङको उपाध्यक्ष भएको समयमा गुरुङले महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आयोजनाको अगुवाई गरे । त्यही प्रतियोगितामा खेलाडीलाई पुरस्कार स्वरुप सुन जडित मेडल प्रदान गरिएको थियो ।
गुरुङ पहिलो पटक २०६५/६६ को लागि राखेपको बोर्ड सदस्य नियुक्त भएका थिए । तत्कालिन हरिबावु चौधरी सदस्य सचिव हुदाँ गुरुङ बोर्ड सदस्य भएका थिए । बोर्ड सदस्य भएकै समयमा चेन्जिङ हल निर्माण अभियान शुरु गरेका थिए ।
दोस्रो कार्यकाल उनले २०७४/७६ सम्म विताए । नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । त्यतिमात्रै नभई पोखरा रंगशाला समेत मंसिर १५ देखि २४ गतेसम्म आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालाभित्रको पूर्वाधार निर्माणले समेत तिब्रता पाएको थियो ।युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विधेयक–२०७७ ल्याएपछि परिषदको पुरानो समिति पूर्ण रुपमा खारेज भएको थियो ।
मन्त्रालयले छनोट समिति मार्फत रमेशकुमार सिलवाललाई दोस्रो कार्यकालको लागि परिषदको सदस्य सचिव छनोट गरेको थियो । सदस्य सचिवसहित ७ सदस्य कार्यकारी समिति चयन गरियो । ३७ सदस्यीय बोर्डमा पछिल्लो समय राजेश गुरुङसहित विभिन्न व्यक्तित्वको सिफारिस गरिएको नाम अनुमोदन भएपछि परिषदले पूर्णता पाएको हो । दुईदिन अघि मात्रै गुरुङ तेस्रो कार्यकाल(ह्याट्रिक) गरेका हुन् ।
गुरुङ पूर्व बक्सिङ खेलाडी हुन् । सबै खेल र खेलाडीलाई समेटेर लैजानुपर्ने भन्ने गुरुङको ध्येय छ । खेलकुदका चुनौतिलाई पार गर्दै विकासमा आफनो दृढता रहेको उल्लेख गरे । ‘हिजो के कस्तो रह्यो । भोलिका दिनमा सुझावको अपेक्षा छ र पाउँ पनि ।’ उनको भनाई थियो । तेस्रो पटक बोर्ड सदस्य बन्दै राष्ट्रिय खेलकुद परिषदको इतिहासमा सबैभन्दा बढी बोर्ड सदस्य बन्ने इतिहास समेत लेखिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…