
विदेशी खेलाडीको विदाई
काठमाडौं-नेपालमा तत्कालै फुटबलको गतिविधि सञ्चालन हुने सम्भावना नदेखिएपछि ए डिभिजन क्लब रुस्लान थ्रीस्टारले आफनो क्लबमा भएको विदेशी खेलाडीलाई स्वदेश(घर) फिर्ता पठाएको छ । शनिबार क्लबले आफनो गोलपिकर वाईभेस प्रिसोलाई घर पठाएको हो ।
नेपालमा कोरोना कहर बढ्दै गएको छ । त्यसले गर्दा पनि फुटबल लगायत खेलकुदजन्य गतिविधि ठप्पै छन् । कोरोना कहरकै कारण हवाई सेवा समेत ठप्प थियो । हवाई सेवा शुरु भएपछि थ्रीस्टारले प्रिसोलाई घर फिर्ता पठाएको हो । क्लबका अध्यक्ष अर्जुनमान जोशी र प्रिसो बीच फुटबल सिजनमा सम्पर्क गर्ने गरी सहमति अनुसार घर फिर्ता पठाइएको हो । क्लबका कार्यबहाक कोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठ, कार्यकारी सदस्य एवं क्लब व्यवस्थापक मुकेश नकर्मी, सदस्य रुपन्द्र पुरी, आजिवन सदस्य विक्रम श्रेष्ठ तथा प्रेस सल्लाहकार उत्सव शाक्यको उपस्थिति रहेको थियो । यस अघि अन्य क्लबले पनि विदेशी खेलाडीलाई फिर्ता पठाईसकेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…