
रन जोडेपछि व्याट चियर्स गर्दै किंग्स
एजेन्सी-ओपनर सुभम गिलले अर्धशतक हिर्काएपछि धर्मराएको कोलकोत्ता नाईट राइर्डसको इनिंग सम्हाल्दै किंग्स इलेभन पन्जाबलाई १६५ रनको चुनौति दिएको छ ।
अबुधावीस्थित जियाद क्रिकेट स्टेडियममा भारतीय फ्रेन्चाईज लिग आईपिएलको २४ औं खेलमा राहुल त्रिपाठी(४) र नीतिश राना(२) आउट भएपछि ओपनरको रुपमा रहेका सुभमले धैर्यताका साथ व्याटिंग गर्दै ५७ रनको पारी खेले ।
४७ बल खेल्दै ५७ रन बनाउँदा कोलकोत्ताले सम्मानजनक स्कोर बनाउने लक्ष्य तर्फ उन्मुख थियो । इयोन मोर्गानलाई समेत २४ रनमै गुमाएको कोलकोत्तालाई सम्हाल्ने जिम्मेवारी दिनेश कार्तिकको काँधमा आईपर्यो ।
कार्तिकले ५८ रन जोडे । २९ बल खेल्दै ८ चौका र २ छक्का हिर्काए । सुभम आउट भएपछि क्रिज छिरेका आन्द्रे रसेल पनि धेरैबेर क्रिजमा टिकेनन् । उनलाई ५ रनमा खेलिरहदाँ अर्षदिप सिंहले सिम्रन सिंहको हातबाट क्याच गराए ।
कार्तिक पनि ५८ रन जोड्दै अर्को रन लिने क्रममा रनआउटको शिकार भए । किंग्सका मुजिम उर रेहमानले ४ ओभरमा ४४ रन खर्चिए । विकेट भने उनको नाममा आएन् । कोलकोत्ता ६ विकेटको क्षतिमा १६४ बनाएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…