
भलिबल संघ कास्कीका संस्थापक अध्यक्ष उदयबहादुर बस्नेत
पोखरा-नेपाल भलिबल संघ कास्कीका संस्थापक अध्यक्ष उदयबहादुर बस्नेतको आईतबार दिउँसो ६८ वर्षको निधन भएको छ । २०३८ मा आयोजित पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता अघिसम्म बस्नेत भलिबलका सक्रिय खेलाडी हुन् । उनको निधनले खेलकुद क्षेत्रमा अपूरणिय क्षति भएको छ ।
सक्रिय खेल जमिनपछि बस्नेतले कास्की जिल्ला भलिबल खेलको विकास विस्तारको लागि संस्थापक अध्यक्ष बन्दै भलिबलको जग बलियो बनाउने अभियान शुरु गरेका थिए । लामो समयदेखि मिर्गौला पीडित थिए । पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा आईतबार विहान मात्रै डायलोसिस गरेर घर फर्किएका ६८ वर्षिय बस्नेतको निधन भएको हो ।
२०३८ सालमापछि सक्रिय खेल जीवन त्यागेका थिए । २०३७ सालसम्म बस्नेतले पोखराको पृथ्वीनारायण क्याम्पसमा आयोजित अन्तरक्याम्पस भलिबल प्रतियोगिता खेलेको पूर्व राष्ट्रिय खेलाडी हरि पराजुलीले जानकारी दिए । बस्नेत सक्रिय खेल जीवन त्यागेपछि २०५८ सालमा कास्की जिल्ला भलिबल संघको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
दुई कार्यकाल जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष समेत बनेका थिए । २०५२÷५३ र २०५४÷०५४ मै दुई कार्यकाल खाएका थिए । दुई कार्यकाल गरी केवल नौ महिनाको समय मात्रै अध्यक्षको सम्हालेका थिए । बस्नेत पोखरा महागनरपालिका १६ का पूर्व वडाध्यक्ष समेत हुन् ।
बिएडसम्मको अध्ययन गरेका बस्नेत नेपाल कम्युनिष्ट पार्टी आबद्ध हुन् । २०४९ सालमा भएको निर्वाचनमा पोखरा–१६ का निर्वाचित वडाध्यक्ष समेत हुन् । विभिन्न विद्यालयमा पठन पाठन समेत गराएका थिए । विद्यालय पठन पाठनकै समयमा विद्यालय निरिक्षक भई विभिन्न जिल्ला भ्रमण समेत गरेका थिए । उनको आईतबार नै सेतीनदीस्थित तुलसी घाटमा अत्येष्टी गरिएको छ । २०७५ सालमा उनी नेपाल सरकरबाट जनश्री पाँचौबाट विभुषित भएका थिए । श्रीमती तथा दुई छोरा र दुई छोरी छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…