
राजस्थानका खेलाडी बललाई स्वीप गर्दै ।
दुबई-राहुल तेवातिया र रियांग पारागले छैटौं विकेटको लागि महत्वपूर्ण साझेदारी गरेपछि राजस्थान रोयल्सले सनराईज हैदरावादलाई ५ विकेटले पराजित गरेको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भईरहेको भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत सनराईजले दिएको १५८ रनको लक्ष्यलाई ५ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
शुरुवात व्याट्सम्यान सस्तैमा आउट भएपछि मध्यम लक्ष्य पछ्याउन राजस्थानलाई निकै सकस बनेको थियो । अन्तिम ओभरमा ८ रनको खाँचो थियो । पाराग र तेवातियाले महत्वपूर्ण साझेदारी निभाए । पारागले ४२ रन र तेवातियाले ४५ रन बनाए । दुवै नटआउट रहे । तेवातियाले २८ बल खेले । ४ चौका र २ छक्का हाने । पारागले पनि २६ बल खेल्दै ४२ रन बनाए । दुई चौका दुई छक्का हिर्काए । खलिलको बलमा पारागले छक्का हिर्काउँदै एक बल बाँकी छदा लक्ष्य पुरा गर्दै खुशी मनाए ।
बेन स्टोकलाई ५ रनमा गुमाएको राजस्थान धर्मराउन शुरु गरेको थियो । जोस बटलरलाई १६ रनमा गुमाएपछि झनै समस्यामा परेको थियो । स्टेप स्थिमलाई पनि ५ रनमा गुमाएको राजस्थानलाई असजिलो अवस्थाबाट पार लगाउन सन्जु सामसनले गरे । उनले २६ रन बनाई महत्वपूर्ण योगदान दिए । खलिल अहेमद र रसिद खानले समान २/२ विकेट लिए ।
मनिष पाण्डेको अर्धशतकीय पारीमा सनराईजले १५७ रनको योगफल तयार पारेको थियो । कप्तान डेविड वार्नर र जोनी बेरिष्टोले क्रमश ४८ र १६ रन बनाउँदै राम्रै शुरुवात गर्ने प्रयास गरे । केन विलियमले २२ रन बनाए । प्रियाम गर्ग १५ रनमा रनआउट हुदैं पभेलियन फर्किए । पाण्डेले २ चौका र ३ छक्का हिर्काउँदा वार्नरको नाममा भने तीन चौका र दुई छक्का रह्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…