
एजेन्सी, असाेज २६ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अंक तालिकामा शीर्षस्थानमा उक्लिएकाे छ ।
आइतबार राति भएको खेलमा मुम्बईले एक सय ६३ रनको लक्ष्य दुई बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो।
मुम्बईको पालीमा क्विन्टन डे कोक र सुर्यकुमार यादबले ५३/५३ रन जोडे। इसन किसनले २८ रन बनाए। यादब र डे कोकले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। त्यसपछि किसन र यादबबीच ५३ रनको साझेदारी भयो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो। दिल्लीको पालीमा शिखर धवन एक्लैले ६९ रन जोडे। श्रेयस अय्यरले ४२ रन बनाए। अय्यर र धवनबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी भएको थियो।
धवनले ५२ बलमा एक छक्का र ६ चौका प्रहार गरे। मुम्बईका कुनाल पाण्ड्याले दुई र ट्रेन्ट बोल्टले एक विकेट हात पारे। ७ खेलपछि दुवै टोलीको समान १० अंक भएपनि नेटरनरेटमा मुम्बईले दिल्लीलाई पछाडि धकेलेको हो।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…