
पेनाल्टी प्रहार गर्दै रासफोर्ड ।
एजेन्सी-नेसन्स लिगमा इग्ल्याण्डले कमब्याक गर्दै बेल्जियम माथि २-१ गोलले पराजित गरेको छ । पहिलो हाफमै दुवै टोलीले पेनाल्टी पाउँदा खेल पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।
पहिलो पेनाल्ट बेल्जियमले पायो । इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । १६ औं मिनेटमा पेनाल्टी पाएको थियो । पहिलो गोलले अग्रता लिएको बेल्जियमको खुशी पेनाल्टीमै गएर निराशमा परिणत हुन पुग्यो ।
इग्ल्याण्डले पनि उस्तै गरी पेनाल्टी पाउँदा बराबरी गोल गर्यो । ३९ औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमा गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफमा पेनाल्टी मार्फत बराबरी गर्दै खेल प्रतिस्पर्धात्मक हुन पुग्यो । तर दोस्रो हाफमा भने इग्ल्याण्ड हावी भयो । ६४ औं मिनेटमा मासन माउण्टले गोल गर्दै इग्ल्याण्डलाई जित दिलाए ।
केईरन ट्रिपियर मिलाईदिएको हेडिंग पासलाई सदुपयोग गर्दै मानसले गोल गर्दै इग्ल्याण्डलाई जित दिलाएका हुन् । समूहमा इग्ल्याण्ड शीर्ष स्थानमा छ । अर्को खेलमा फ्रान्स र पोर्चुगल बीच गोलरहित बराबरीमा टुंगिएको छ । इटाली र पोल्याण्ड पनि गोलरहित बराबरीमा टुंगिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…