भारतीय फुटबलका पूर्व कप्तान कार्लटनको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २६ गते २०७७ मा प्रकाशित


Carlton-Chapman

एजेन्सी-भारतीय फुटबलका पूर्व कप्तान कार्लटन चापमेन हृदयघातका कारण मृत्यु भएको छ । उनको ४९ वर्षको उमेरमा बैग्लोरंमा हार्ट एट्याकका कारण मृत्यु भएको हो ।

उनी आईतबार मात्रै बैग्लोरस्थित अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । चापमनका सहकर्मी ब्रुने कान्टिन्होले गोवाबाट पिटिआई्लाई भने अनुसार ‘मलाई बैंग्लोरबाट एकजना साथीबाट खबर आयो कि चापमनको निधन भएको । चापमन निकै हसिलो र खुशी थियो जो अरुलाई निकै सहयोग गथ्र्यो ।’

कर्लटन मिडफिल्डमा खेल्थे । सन १९९५ देखि २००१ सम्म भारतीय राष्ट्रिय टोलीबाट खेलेका थिए । उनकै कप्तानीमा भारतले १९९७ मास साफ च्याम्पियनसिप जितेको थियो ।
उनले क्लब लेभलको गेम भने पश्चिम बंगाल र पछि जे.सि.टी मिल्सबाट खेलेका थिए ।

सन १९९० को दशकमा टाटाले एकेडेमी शुरु गरेको थियो । त्यसपछि सन १९९३ मा कार्लटन पश्चिम बंगालको टोलीमा आवद्ध भए । त्यतिबेला नै कार्लटनको टोली पश्चिम बंगालले इराकी क्लब अल ज्वारालाई ६(२ ले पराजित गर्ने क्रममा ह्याट्रिक गरेका थिए । जुन पहिलो एशियन कप थियो ।
सन १९९५ मा उनी जे.सि.टीमा आवद्ध भए । जतिबेला उनी पन्जाबको क्लबका थिए । सन १९९६÷१९९७ मा नेशनल लिग समेत गरी १४ वटा उपाधि जितेका थिए । विजयान र भाईचुङ भुटियासँगको महत्वपूर्ण सहकार्य थियो । पछिल्लो समय उनी सन २०१७ मा क्वार्ज इन्टरनेशनल फुटबल एकेडेमीमा प्राविधिक निर्देशकको रुपमा रहेका थिए ।