चर्चित खेलाडी २०२१ मा फ्रि ट्रान्सफरमा जाने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २६ गते २०७७ मा प्रकाशित


बार्सिलोनाका लेजेण्ड लियोनेल मेस्सी ।

एजेन्सी-कोभिड-१९ ले फुटबल ट्रान्सफर निकै प्रभावित भएको छ । फुटबल क्लब नै आर्थिक संकटमा पुगेका छन् । जसले गर्दा नयाँ सिजनमा खेलाडीहरु फ्रि ट्रान्फर हुने छन् । यो महत्वपूर्ण पनि हो । सन २०१९ मा खेलाडी ट्रान्सफरमा ४.६ विलियन युरो युरोपा उत्कृष्ठ पाँच क्लबले खर्च गरेका थिए ।

केही ठूला खेलाडीहरुको सन २०२१ मा फ्रि ट्रान्सफरमा उपलब्ध हुने समाचारमा उपलब्ध हुने छ । आगामी जनवरीको ट्रान्सफर विन्डोमै धेरै खेलाडीहरु सहमतिमा अन्य क्लबका आवद्ध हुने सक्ने सम्भावना पनि छ । सन २०२१ को फ्रि ट्रान्सफरमा सबैभन्दा चर्चा बार्सिलोनाको लियोनेल मेस्सी छन् । क्लबसँग उनको सम्झौता २०२१ सम्म छ ।

यसै कारण पनि उनी क्लब छाड्न चाहेपनि क्लबले उनलाई ठूलो रकम तिर्नुपर्ने भन्दै सर्त राखेपछि मेस्सी आफैं पछि हटेका थिए । उनलाई भित्र्याउन प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले तदारुकता देखाएको थियो । उनको बर्तमान व्यवस्थापक रोनाल्ड कोयम्यानसँग सम्बन्ध त्यति राम्रो छैन् ।

यसैगरी फ्रि ट्रान्सरमा उपलब्ध हुने अर्को नाम हो डेविड अल्बा । सन २००८ देखि वार्यन म्युनिखमा रहेका अल्बा अन्य क्लबमा जाने सक्ने छन् वा पुरानै क्लब एथलेटिको विल्वाओ फर्किने । २८ वर्षिय अल्बा उत्कृष्ट डिफेन्डर समेत हुन् । अर्जेन्टियन स्ट्राईकर सर्जियो अगुईरो पनि नयाँ सिजनमा फ्रि ट्रान्सफरमा उपलब्ध हुने छन् । सन २०११ देखि म्यानेष्टर सिटीमा आवद्ध भएका उनले २७० खेलमा २५४ गोल गरेका छन् ।

पछिल्लो समय आर्सनलमा प्लेईंग सेटमा उपलब्ध हुन निकै संघर्षरत छन् मेसिट ओजिल । रियल मड्रिडबाट आर्सनल भित्रिएका उनले शुरुवाती समय निकै राम्रो प्रदर्शन गरेका थिए । तर पछिल्लो समय उनी आर्सनलको जर्सीमा मैदान उत्रिन पाएका छैनन् । ४४ मिलियन युरोमा उनी मड्रिडबाट आर्सनल आएका थिए । गर्नसको चाहना नै उनको आर्सनल बर्हिगमन हो । सर्जियो रामोस तथा पाउल पोग्बा समेत फ्रि ट्रान्सफरमा उपलब्ध हुने सम्भावना छ ।

म्यानचेष्टर युनाईटेडमा रहेको पोग्बा युभेन्ट्स तथा रियल मड्रिडले भित्र्याउने चाहना राख्दै आएको छ । ईएसपिएन स्रोतका अनुसार आगामी जुलाईदेखि फ्रेन्चमेनलाई लामो समय क्लबका राख्ने पक्षमा भने छैन् ।