
बोल्ड, आउट
सारजहा-एबी डि भिलियर्सले अर्धशतकीय पारी खेलेपछि रोयल च्यालेन्जर बैंग्लोरले आईपिएलको २८ औं खेलमा कोलकोत्ता नाईट राइर्डसलाई १९५ रनको चुनौति पेश गरेको छ । आरोन फिन्च अर्धशतक बनाउनबाट तनि रनबाट चुक्दा चौथो व्याट्सम्यानको रुपमा क्रिज आएका उनले विष्फोटक व्याटिंग गर्दै अर्धशतक पुरा गरे । फिन्चलाई ४७ रन बनाउँदै आउट भएपछि विराट कोहली आईपुगे ।
कोहलीले पनि फिन्चसँग साझेदारी खासै निभाउन भने सकेनन् । पहिलो विकेटको रुपमा देवदत्त पड्डीकललाई ३२ रनमा गुमाउन पुग्यो । पड्डीकल आउट भएपछि फिन्च र विराट कोहली खासै जम्न भने सकेनन् । फिन्च आउट भएपछि कोहलीले विकेट सम्हाल्ने प्रयासमा लागे । सहकर्मी भिलियर्सले भने विष्फोटक व्याटिंग शुरु गरे । फिन्चले ३७ बल खेल्दै ४ चौका र १ छक्का हिर्काएका थिए ।
भिलियर्सले ७३ रन नटआउट बनाए । ३३ बल खेल्ने क्रममा ५चौका र ६ छक्का हिर्काए । कोहलीले पनि इनिंग सम्हाल्दै साझेदारी निभाउने क्रममा ३३ रन बनाई नटआउट रहे । २८ बल खेल्दै रन जोड्ने क्रममा विकेट जोगाउन उद्दत देखिए । क्रिजमा जमिसकेका भिलियर्सले भने सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण भूमिका निभाए । रोयलले २ विकेटको क्षतिमा १९५ रनको लक्ष्य पेश गर्यो । कोलकोत्ताका बलर आन्द्रे रसेलले सर्वाधिक रन दिने क्रममा ४ ओभरमा ५१ रन खर्चिएर १ विकेट लिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…