ब्रुनेलाई फिटनेस समस्या, बेल्जियमको स्क्वाडबाट बाहिर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २७ गते २०७७ मा प्रकाशित


फिटनेसमा समस्या देखिएपछि मैदान छाड्दै ब्रुने ।

एजेन्सी-म्यानचेष्टर सिटीका प्लेमेकर केभिन डी ब्रुने बेल्जियमको टोलीबाट बाहिरिएका छन् । उनको फिटनेसमा समस्या देखिएपछि टोलीबाट बाहिर रहेका छन् ।

इंग्ल्याण्डसितको खेलमा उनको फिटनेसमा समस्या देखिएको थियो । समस्याकै कारण उनले खेल नटुंगिदैं बेच्नमा बस्न आएका थिए । बुधबार बेल्जियमले नेसन्स लिगमा आईसल्याण्डसित खेल्ने छ ।

२९ वर्षिय ब्रुनेको फिटनेस समस्याले सिटीलाई समेत समस्या पर्ने देखिएको छ । आगामी शनिबार सिटीले घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गत आर्सनलसँग प्रतिस्पर्धा गर्ने छ । बेल्जियमको टोलीको अफिसियन ट्वीट मार्फत उनी आफनो क्लब फिर्ता हुदैं छन् । उनी फिटनेसकै कारण आईसल्याण्डसँगको खेल पुरै खेलेनन् । बेल्जियमका व्यवस्थापक रोबर्टो मार्टिनेजका अनुसार उनले राम्रो अनुभव गर्न सकेका छैनन् ।