
जोनी बेरिष्टोसँग रन लिदैं डेविड वार्नर ।
दुबई-५ हजार रन पुरा गर्न केवल १९ रनमात्रै थियो । तर डेविड वार्नर ९ रनमै पभेलियन फर्किएपछि अर्को खेलको प्रतिक्षा गर्नुपर्ने छ । सनराईज हैदरावादका कप्तान अष्ट्रेलियन व्याट्सम्यान डेविड वार्नरले आईपिएलको करियरमा ५ हजार रन पुरा गर्नबाट १० रनले चुकेका छन् ।
ओपन व्याट्सम्यानको रुपमा रहेको वार्नरले ५ हजार रन पुरा गर्न अर्को खेल कुर्नुपर्ने छ । उनी साम कुरुनको बलमा क्याच आउट हुदैं कोशेढुंगा पार गर्नबाट चुक्न पुगे । उनको आईपिएलको १३५ औं खेलमा ५ हजार रन पुरा हुने सम्भावना छ । मंगलबार दुबईको दुबई इन्टरनेशनल स्टेडियममा आईपिएलको २९ औं खेल थियो ।
सन २००९ बाट आईपिएलमा डेब्यु गरेका वार्नरले चेन्नई सुपरकिंग्स विरुद्ध केवल ९ रन मात्रै बनाए । ५ हजार रन पुरा गर्न उनलाई १९ रन बनाउनुपर्ने खाँचो थियो ।
आफनो करियरको ५ हजार रन पुरा सपना वार्नरको लागि अर्को खेलसम्म प्रतिक्षा गर्नुपर्ने छ । यसअघि भारतीय खेलाडी मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले पुरा गरेका थिए ।
आईपिएलको यो सिजनमा उनले २७८ रन बनाईसकेका छन् । डेब्युमा उनको उपस्थिति प्रभावकारी रहेन् । उनले केवल डेब्युमा ७ खेल खेल्दै १६३ रन बनाएका थिए । उनको आईपिएलको सिजनमा सबैभन्दा बढी रन सन २०१६ मा हिर्काएका थिए ।
उनले त्यसवर्षको सिजनमा ८४८ रन बनाएका थिए । सन २०१७ मा उनले आईपिएलमा सर्वाधिक रन हिर्काउने क्रममा १२६ रन बनाएका थिए । आईपिएलमा उनले चारवटा शतक हिर्काएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…