अर्जेन्टिनाको पुनरागमन जित, नेयमारको ह्याट्रिक

- विश्वकप छनोट प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


पेरु विरुद्ध ह्याट्रिक गरेपछि सहकर्मीसँग खुशी मनाउँदै नेयमार ।

एजेन्सी-अर्जेन्टिनाले बोलिभिया विरुद्ध कमव्याक जित निकालेको छ । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले बोलिभियामाथि २-१ गोलले पराजित गरेको हो ।

पहिलो हाफमै दुवैले एक एक गोलको बराबरी खेल्यो ।अर्जेन्टिनाले कमब्याक गोल गर्दै बराबरी गरेको थियो । २४ औं मिनेटमा बोलिभियाले अग्रता लियो । केही दिन अघि मात्रै ब्राजिलसँग लज्जास्पद हार व्यहोरेको बोलिभियाले अर्जेन्टिनासँग भने निकै सुधारिएको प्रदर्शन गर्यो । २४ औं मिनेटमा मार्सेलो मोरेनोको गोलबाट बोलिभियाले अग्रता लिएको थियो ।

तर पहिलो हाफ हुन इन्जुरी समय मात्रै बाँकी रहदाँ अर्जेन्टिनाले बराबरी गोल फर्कायो । लाउटुरो र्मािर्टनेजले ४५ औं मिनेटमा गोल गर्दै बराबरी गरे । तर अर्जेन्टिनाले ७९ औं मिनेटमा जोआक्विन कोरेयाले निर्णायक गोल गर्दै जित दिलाए ।

विश्वकप छनोटकै अर्को खेलमा दुई पटकको विश्वकप विजेता उरुग्वे भने इक्वाडोरसँग नतमष्तक बन्न पुग्यो । ईक्वाडोरले उरुग्वेमाथि ४-२ को फराकिलो गोलले अन्तरले पराजित गर्यो । उरुग्वेका लागि दुवै गोल लुईस स्वारेजले पेनाल्टीमा गरेका थिए । इक्वाडोरले उरुग्वेमाथि शुरुदेखि नै दबाव दिएको थियो ।

त्यसैगरी अर्को खेलमा ब्राजिलले पेरुलाई ४-२ गोल अन्तरले नै पराजित गर्यो । पेरुका दुई युवा खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि टिमबाट बाहिर रहेका थिए । त्यसको प्रत्यक्ष असर ब्राजिलसँगको खेलमा देखियो । नेयमारले ह्याट्रिक गरे । भने पेरु अन्तिम समयमा १० खेलाडीमा खेल टुग्याएको थियो ।