
गोलको खुशीमा रमाउँदै नेयमार ।
एजेन्सी-ब्राजिलियन लेजेण्ड रोनाल्डोको गोल रेकर्डलाई नेयमारले उछिनेका छन् । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको खेलमा पेरु विरुद्ध ह्याट्रिक गरेपछि रोनाल्डोको गोल स्कोरिंग रेकर्ड नेयमारले उछिनेका हुन् । रोनाल्डोले देशका लागि ६२ गोल गरेका थिए ।
२८ वर्षिय नेयमारले ह्याट्रिक गरेपछि उनको देशको लागि गरेको गोलसंख्या ६४ पुगेको छ । पेरिस सेन्ट जर्मेन पिएसजीका स्ट्राईकर नेयमारको ध्यान अब विश्व फुटबलका लेजेण्ड पेलेको रेकर्ड तोड्ने तर्फ उन्मुख छन् ।
पेलेले ७७ गोल गरेका छन् । नेयमारले देशको लागि चार ह्याट्रिक गरेका छन् । क्रिष्टियानो रोनाल्डोले भने अन्तराष्ट्रिय ह्याट्रिक गरेका छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…