नेयमारको ह्याट्रिकले तोडियो ब्राजिलियन रोनाल्डोको रेकर्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


गोलको खुशीमा रमाउँदै नेयमार ।

एजेन्सी-ब्राजिलियन लेजेण्ड रोनाल्डोको गोल रेकर्डलाई नेयमारले उछिनेका छन् । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको खेलमा पेरु विरुद्ध ह्याट्रिक गरेपछि रोनाल्डोको गोल स्कोरिंग रेकर्ड नेयमारले उछिनेका हुन् । रोनाल्डोले देशका लागि ६२ गोल गरेका थिए ।

२८ वर्षिय नेयमारले ह्याट्रिक गरेपछि उनको देशको लागि गरेको गोलसंख्या ६४ पुगेको छ । पेरिस सेन्ट जर्मेन पिएसजीका स्ट्राईकर नेयमारको ध्यान अब विश्व फुटबलका लेजेण्ड पेलेको रेकर्ड तोड्ने तर्फ उन्मुख छन् ।

पेलेले ७७ गोल गरेका छन् । नेयमारले देशको लागि चार ह्याट्रिक गरेका छन् । क्रिष्टियानो रोनाल्डोले भने अन्तराष्ट्रिय ह्याट्रिक गरेका छन् ।