
बाउण्ड्रीमा क्याच लिने क्रममा राजस्थानका खेलाडी ।
दुबई(एजेन्सी)-दिल्लीले राजस्थानलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । आईपिएलको ३० औं खेल अन्तर्गत बुधबार दुबईस्थित दुबई इन्टरनेशल स्टेडियममा भएको प्रतिस्पर्धामा दिल्लीले ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पार्यो ।
पृथ्वी शालाई गोल्डन डकको शिकार भए । उनी जोफ्रा आर्चरको बलमा पहिलो ओभरकै पहिलो बलमौ पभेलियन फर्किए । त्यसपछि दुई रनमा अजिंक्य राहाणे आउट भएपछि धर्मराएको दिल्लीलाई शिखर धवन र कप्तान श्रेयस आयरले सम्हाले ।
दुवैले अर्धशतक पारी खेल्दै महत्वपूर्ण साझेदारी समेत निभाए । राहाणेलाई पनि आर्चरले नै पभेलियनको बाटो देखाईदिएका थिए । धवन र श्रेयसले ८७ रनको साझेदारी निभाउने क्रममा धवनले व्यक्तिगत ५७ रनमा आउट हुन पुगे ।
उनी श्रेयस गोपालको बलमा आउट हुुनु अघि उनले ३३ बल खेल्ने क्रममा ६ चौका र २ छक्का हिर्काएका थिए । कप्तान श्रेयसले पनि अर्धशतक पुरा गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । उनले ५३ रन बनाए । कार्तिक त्यागीको बलमा जोफ्रा आर्चरको हातबाट क्याच हुदाँ ४३ बल खेल्दै ३ चौका र २ छक्का हिर्काएका थिए ।
मार्कस स्टोनिस १८ रनमा आउट हुदाँ एलेक्स क्यारे पनि १४ रनमै आउट हुदैं क्रिज छाडे । जोफ्रा आर्चरले तीन र जयदेव उत्नदकटले २ विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…