कोरोना संक्रमित क्रिष्टियानो रोनाल्डो इटाली फर्किए

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


Cristiano Ronaldo

एजेन्सी-कोरोना भाईरस संक्रमित भएका पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डा इटाली फर्किएका छन् । कोरोना भाईरस संक्रमण भएपनि उनी पोर्चुगलको स्क्वाडबाट बाहिर रहेका छन् । पोर्चुगलले बिहीबार विहान स्वीडेनसँग नेसन्स लिग खेल्दै छ । सर्वाधिक गोलकर्ता बन्ने दौडमा रहेका रोनाल्डो कोरोना संक्रमित भएपछि उनको लक्ष्यमा धक्का लागेको छ ।

देशको लागि सर्वाधिक गोल गर्ने सूचीमा इरानका अली दाइको नाममा छ । उनले १०९ गोल गरेका छन् । रोनाल्डो १०२ गोलको अवस्थामा छन् । सात गोलले अलि दाइको रेकर्ड भन्दा पछि छन् । यद्यपी उनलाई कोरोना देखिएपछि पोर्चुगिज टोलीबाट बाहिर भएका हुन् ।

युभेन्ट्सले रोनाल्डोको क्वारेन्टिन टुरिनमै हुने क्लबको स्टेटमेन्ट मार्फत उल्लेख गरेको छ । स्टेटमेन्टमा रोनाल्डो इटाली फर्किएका छन् । स्वास्थ्य अधिकारकर्मी आग्रह अनुसार उनलाई इटालीको लागि प्रस्थान गर्न दिइएको उल्लेख छ ।

कोरोना संक्रमित आवातजावत गर्न पाईदैन् । तर युरोपियन नियम मान्ने छन् र समन्वय गर्ने छन् । युभेन्ट्सका दुई खेलाडी कोरोना पोजेटिभ छन् । रोनाल्डोसँगै बुधबार वेष्टन म्याकेनी पनि कोरोना संक्रमित भएका छन् ।

पोर्चुगिज तथा इटालियन मिडियाका अनुसार रोनाल्डो एम्बुलेन्स प्लेन मार्फत आईसोलेनसको अवधि सकेर लिम्बानदेखि टुरिनसम्म पुगेका हुन् । गएको सोमबार रोनाल्डोलाई छुट्टै राखेपछि पोर्चुगिज टोलीको कोभिड परिक्षण गरिएको थियो । पोर्चुगलका अन्य दुई खेलाडीमा पनि संक्रमण देखिएको छ । जोसे फन्टे र एन्थोनी लोपेजलाई संक्रमण देखिएको हो ।