स्वीडेनमाथि पोर्चुगलको महत्वपूर्ण जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २९ गते २०७७ मा प्रकाशित


गोलगरेपछि खुशी मनाउने क्रममा कप्तान पेपेसहित पोर्चुगलका खेलाडीहरु ।

एजेन्सी-स्टार खेलाडी कोरोना संक्रमति भएपनि पोर्चुगलले रोनाल्डो विना नै स्वीडेनमाथि नेसन्स लिगमा महत्वपूर्ण जित निकाल्यो ।

क्रिष्टियानो रोनाल्डो कोरोना संक्रमित भएपछि राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । उनी हिजो मात्रै पोर्चुगलको लिस्बानबाट इटालीको टुरिन फर्किसकेका छन् । उनी एयर एम्बुलेन्स मार्फत इटाली फर्किएपनि उनी विनाको पोर्चुगलले स्वीडेनमाथि ३-० गोलले पराजित गरेको थियो ।

पोर्चुगलको जितमा युवा खेलाडी डियागो जोटाले दुई गोल गरे । उनको गोलसँगै स्वीडेनमाथि फराकिलो जित सम्भव बनायो । २१ औं मिनेटमा बर्नेडो सिल्भा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

जोटाले पहिलो हाफ हुनु अघि नै व्यक्तिगत पहिलो गोल गदैै अग्रतालाई दोब्बर बनाए । ४४ औं मिनेटमा उनले पहिलो गोल गरेका थिए । उनको दोस्रो गोल भने ७२ औं मिनेटमा गर्दै जित सुनिश्चित बनाएका थिए ।