
ग्रिजमन ओलिभर जिराउडसँग खुशी साट्दै ।
एजेन्सी-विश्वकप विजेता फ्रान्सले उपविजेता क्रोयसियामाथि नेसन्स लिगमा २-१ गोलले पराजित गरेको छ । बिहीबार विहान भएको प्रतिस्पर्धामा बार्सिलोनामा आफनो अस्थित्व देखाउन प्रयासरत एन्टोनई ग्रिजमनले फ्रान्सका लागि पहिलो गोलको खाता खोले ।
विश्वकपमा झैं क्रोयसियामाथि दबाव सृजना गर्ने क्रममा फ्रान्सले ८ औं मिनेटमा पहिलो गोल गरेका थिए । आठौं मिनेटमा पाएको फ्रिककलाई फ्रान्सले सदुपयोग गर्ने क्रममा पहिलो गोल निस्किएको थियो । ग्रिजमनको प्रहार गोलमा परिणत भएपछि क्रोयसिया दबावमा पर्यो ।
त्यसपछि पहिलो हाफ १-० गोल अन्तरको अग्रतासँग फ्रान्सले दोस्रो हाफ अघि बढ्यो । खेलको ६४ औं मिनेटमा बराबरी गोल फर्काउँदै क्रोयसिया खेलमा लय समात्यो । ६४ औं मिनेटा निकोला भिलासिचले बराबरी गोल गरेपछि क्रोयसियको उत्साह थपियो ।
क्रोयसियको उत्साहलाई किलियन एमवाप्पेले मथ्थर बनाए । उनले ७९ औं मिनेटमा निर्णायक गोल गर्दै क्रोयसियामाथि जित निकाल्ने नायकत्व भूमिका निर्वाह गरे । लुकास डिग्नीको पासमा एमबाप्पेले गोल गरेका थिए ।
यसैगरी अर्को खेलमा डेनमार्कले इंग्ल्याण्डमाथि १-० गोलको नजिता निकालेको छ । त्यस्तै इटाली र नेदरल्याण्डले पनि १-१ गोलको बराबरीमा टुग्याएका छन् भने बेल्जियमले आईसल्याण्डमाथि २-१ गोलले पराजित गरेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…