नापोली अनुपस्थितिको खेलमा युभेन्टसलाई ३-० को नजिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २९ गते २०७७ मा प्रकाशित


नापोली र युभेन्ट्स

एजेन्सी-युभेन्ट्ससँगको खेलमा नापोली अनुपस्थिति भएपछि युभेन्ट्सलाई जितको हकदार बनाएको छ । सिरी एको खेलमा नापोली उपस्थित नभएपछि युभेन्ट्सलाई ३(० गोलको निर्णय गरिएको हो ।

नापोलीका २२ जना खेलाडी तथा पदाधिकारीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गर्दै अर्को मितिमा तय गर्न आग्रह गरेको थियो । तर सिरी एले भने त्यसलाई अस्वीकार गर्दै आएको थियो । इटालीको टुरिनमा गत अक्टोबर ४ मा दुवै बीच प्रतिस्पर्धा हुने खेल तालिका थियो ।

नापोलीलाई थप दुईजनामा कोरोना संक्रमण देखिएपछि स्थानीय स्वास्थ्य अधिकार संस्थाले अन्यत्र जान रोक लगाएको थियो । जसका कारणले नापोली टुरिनमा खेल्न जान असमर्थ रह्यो ।युभेन्टस र म्याच अफिसियल स्टेडियम पुगिसकेका थिए । खेलमा रगशालाको फ्लाड लाईट बालिसकिएको थियो ।

आधिकारीक रुपमा खेल किक अफ हुनुभन्दा ४५ मिनेट पछि मात्रै त्यागिएको थियो । नापोलीका अनुसार स्थानीय स्वास्थ्य अधिकारको निर्णय मान्दै आएको थियो । क्लबले पहिले नै अपिल गर्ने विषयमा भनिसकेको छ । यदि खेलको नयाँ तालिका सार्वजनिक नगरिएको अवस्थामा कानूनी उपचारमा समेत जाने सक्ने उल्लेख गरेको छ ।