
किलियन एमबाप्पे र क्रिष्टियानो रोनाल्डो ।
एजेन्सी-पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रान्सेली स्ट्राईकर किलियन एमबाप्पेलाई अर्को वर्ष टुरिनमा भित्र्याउन युभेन्टसले झटका नै दिने खालको प्रस्तावको गर्ने जनाएको छ ।
सिजनको लागि पिएसजीले एमबाप्पलेको लागि ४ सय मिलियन युरोको प्रस्तावको सम्भावना रहेको इटालियन न्यूजपेपरले दावी गरेका छन् । युभेन्ट्सले क्रिष्टियानो रोनाल्डो र एमबाप्पलेलाई एकैठाउँमा राख्ने सक्षम हुने विश्वास समेत छ । रोनाल्डोले पनि एमवाप्पेलाई युभेन्टसमा भित्रयाउन प्रयास गर्ने छन् ।
रोनाल्डाको बर्तमान पारिश्रमिक बढ्दो छ । यसले पनि दुवैलाई एकैसाथ सम्झौता गर्ने सम्भावनालाई गहन रुपमा हेरिएको छ । प्रारम्भिक रुपमा हेर्दा फ्रान्सेली च्याम्पियनले सम्झौताको लागि सहमति जनाउन असम्भव देखिएको छ ।
यद्यपी एमबाप्पे नयाँ सिजन २०२१ मा भित्र्याउन(विड गर्न) युभेन्टसले आर्थिक बचत गर्दै छ ।एमबाप्पलेलाई ४ सय मिलियन युरोमा भित्रयाएको अवस्थामा विश्व फुटबलमा सर्वाधिक महंगा फुटबलर बन्ने छन् । बार्सिलोनाबाट नेयमारलाई भित्रयाउन पिएसजीले २२२ मिलियन युरो खर्चिएको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…