
एजेन्सी, असोज ३० । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा बिहीबार तालिकाको पुछारमा रहेको किंग्स इलाभेन पञ्जाबले विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरमाथि रोमाञ्चक जित निकालेको छ ।
सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकाल्दा प्ले अफ सम्भावनालाई कामयै राखेको छ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्न सफल भएको थियो ।
पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमा नै अर्धसतकीय इनिङ खेल्न सफल भएका हुन । यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । निकोलस पुरन ६ रनमा अविजित रहे । बलिङ तर्फ बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार पारेको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रनको इनिङ खेल्दा आरोन फिन्चले २०, शिबम डेबेलेले २३ रन जोडे । यस्तै देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए । क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे ।
पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २र२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए । जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ । पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यस अघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो । बैंगलोरको यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आईपिएलमा आज साझ साविकक विजेता मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…