
Adison cavani manu
एजेन्सी-चार खेलाडीले प्रिमियर लिगमा डेब्यु कहिले गर्छन् यतिबेला सबैलाई चासोको विषय बनेको छ । रियल मड्रिडबाट सातवर्षपछि फर्किएका गारेथ बाले टोटनह्यामबाट डेब्यु कहिले खेल्छन् उनका शुभचिन्तकले चासो व्यक्त गरेका छन् ।
बाले टोटनह्यामबाटै रियल मड्रिडमा किर्तिमानी मूल्यमा गएका थिए । पछिल्लो समय उनी रियलमा अधिकांश समय बेन्चमै बसेर सिजन विताएपछि यसै सिजन टोटनह्याममा फर्किएका हुन् ।
उनीमात्रै नभई भर्खरै फ्रि ट्रान्सफरबाट पिएसजीबाट म्यानचेष्टर युनाईटेड भित्रिएका एडिसन काभानीको पनि डेब्यु प्रतिक्षा छ । उनले रातो जर्सी लगाई मैदान उत्रिदैं डेब्यु गर्ने प्रिमियर लिगका दर्शकको चासोको विषय बनेको छ ।
प्रिमियर लिगमा अर्को खेलाडीले डेब्यु गर्दै छन् । स्पेनिस क्लब एथलेटिको मड्रिडबाट व्यवासयिक फुटबल करियर बढाएका थोमस पार्टे सरुवा बजारको अन्तिम दिन मात्रै आर्सनलले भित्र्याएको थियो । भित्र्याएपनि उनले आर्सनलको जर्सीमा भने मैदान उत्रिएका छैनन् ।
घानाका खेलाडी पार्टेलाई आर्सनलको जर्सीमा हेर्ने समर्थकहरु आतुर छन् । यद्यपी उनले मौका पाईसकेका छैनन् । २७ वर्षिय पार्टेलाई आर्सनलले ५० मिलियन युरोमा भित्र्याएको हो । आर्सनलले शनिबार विहान म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । सिटी विरुद्ध पार्टे उत्रिदैं डेब्यु गर्ने सम्भावना पनि उत्तिकै छ ।
चेल्सीले पनि नयाँ खेलाडीलाई डेब्यु गराउने प्रतिक्षामा छ । मोरोक्कोका मिडफिल्डर हाकिम जियाचलाई मैदानमा उतार्ने विषयमा चेल्सीका व्यवस्थापक फ्रांक लाम्पार्डले पनि डेब्यु गराउने तयारीमा छन् ।
प्रिमियर लिग अन्तर्गत चेल्सीले शनिबार विहान साउथह्यामटनसँग प्रतिस्पर्धा गर्दै छ । सम्भवत त्यही खेलबाट उनलाई अवसर दिने सम्भावना पनि छ । व्यवस्थापक लाम्पार्डले हाकिमलाई मैदानमा उतार्ने तयारी गरिरहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…