
गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ ।
पोखरा-स्वास्थ्यका लागि खेलकुद । चढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सजगता र सचेतना बढदै छ । खास गरी बालबालिकादेखि युवापुस्ता खेलकुदमा होमिएकै हुन्छन् । तर बढ्दो उमेरसँगै व्यस्तताले अभ्यास गर्न निकै कठिन हुन्छ ।
खेलाडी खेल प्रशिक्षणको लागि लालायित छन् । तर रंगशाला भने आधिकारीक रुपमा खुलेको छैन् । पोखरा रंगशाला आधिकारीक रुपमा खुलाउन जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषदको पत्र नै कुरेको छ । तर प्रशिक्षण भने शुरु भईसकेको छ । बास्केटबल, भलिबल, मुआथाई, टेनिस, स्क्वासको तथा क्रिकेटका खेलहरुको प्रशिक्षण केही दिनयता हुदैं आएको छ । प्रशिक्षण हुदैं आएको छ ।

खेलाडीहरुसँगै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पनि स्क्वास खेल्ने आउने गरेका छन् । ‘पोखरा भन्दा बाहिर गएको अवस्था मात्रै खेल्न पाउदिन’ आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले भने–‘नत्र नियमित रुपमा स्क्वास खेल्छु ।’ चढ्दो उमेरसँगै उनको स्क्वास खेलप्रतिको मोहले अन्य खेलाडीलाई प्र्रेरित गरेको छ ।
मन्त्री गुरुङले रंगशालामा झण्डै डेढदेखि दुईघण्टाको समय विताउँछन् । ‘दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म पालो कुरेरै स्क्वास खेल्छु’ उनले भने–‘कार्यक्रममा व्यस्तता भए भ्याउँदिन, नत्र स्क्वास खेल्न रंगशाला आईपुग्छु ।’ रंगशालाभित्र एउटामात्रै स्क्वासको कोर्ट छ । कोर्टमा खेलाडी बढी हुदाँ कुर्नुपर्ने हुन्छ । दुईवटा कोर्ट निर्माणाधिन चरणमा छन् ।
कोर्ट निर्माणको लागि संघीय, प्रदेश सरकारले पनि चासो दिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामै आयोजना गरिदैं छ । त्यसको लागि कोर्ट तयार गर्नुपर्ने अनिवार्यता छ । ‘मन्त्रीज्यूको आगमनले युवापुस्तालाई पनि स्क्वास खेल्न प्रोत्साहित गरेको अनुभव हामीले गरेका छौं ।’ राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले भने–‘नेतृत्वकर्ताको खेलकुदप्रतिको सकारात्मक सोचले पनि पूर्वाधार विकासमा टेवा पुर्याउँछ ।’
एक घण्टा स्वाक्स खेलेपछि मन्त्री गुरुङ झण्डै एक घण्टा मुआथाईको हलमा कुल डाउन (रिलाक्स)अभ्यास गरेपछि मात्रै शारीरिक व्यायाम पुरा हुने सदस्य श्रेष्ठले सुनाए । मन्त्री गुरुङले रंगशाला खुलाउने विषयमा सोच्नुपर्ने बेला आएको बताउँछन् । ‘स्वास्थ्यका लागि खेलकुद भने झैं रंगशाला खुलाउने तर्फ ध्यानदिनुपर्छ ।’ मन्त्री गुरुङको भनाई थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…