एभर्टन र लिभरपुल बराबरीमा, अंक बाडे

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित


सादियो मानेको प्रहार रोक्ने क्रममा एभर्टनका खेलाडी ।

एजेन्सी-इंग्लिस प्रिमियर लिगको शनिबार साँझ भएको मर्सी डर्बी प्रतिस्पर्धामा लिभरपुलले एभरर्टनसँग २-२ गोलको बराबरी टुग्याएको छ । एभर्टनले लिभरपुलसँग पहिलो हाफ बराबरीमा टुंग्याउँदा दोस्रो हाफमा पनि समान एक एक गोल गर्दै बराबरीमा टुंगिएको हो । दुवैले एक एक अंक बाडेका छन् ।

सादियो मानेले लिभरपुललाई गोल गर्दै अग्रता दिलाए । उनले ३ मिनेटमा एन्ड्री रोबर्ट्सनको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर एभरर्टनले पनि पहिलो हाफ हुनु अघि नै गोल गर्दै बराबरीमा ल्यायो । जेम्स रोड्रिगुईजको पासमा माईकल कियनले १९ औं मिनेटमा बराबरी गोल फर्काउँदै पहिलो हाफ बराबरीमा रह्यो । कियनले जेम्सको कर्नर पासमा हेडिंग गोल गरेका थिए ।

२१ औं मिनेटमा रोबर्ट फिरमिनोको पासमा मोहम्मद सलाहको लेफ्टफुट सटले पोष्टको दिशा लिएन ् । २५ औं मिनेटमा लिभरपुलका जोर्डन हेण्डरसनको पासमा अलेक्जण्डर आर्नोल्डको प्रहार पनि गुमाएपछि अग्रता लिने अवसरबाट चुक्न पुग्यो । लिभरपुलले पहिलो हाफमा एभरर्टनको पोष्टमा आक्रमण बुनेपछि थप स्कोरिंग भने निकाल्न सकेन् ।

६५ औं मिनेटमा एभर्टनका जेम्स रोड्रिगुईजले आन्द्र गोमेजको पासलाई सदुपयोग गर्न सकेनन् । ७२ औं मिनेटमा मोहक्मद सलाहले हानेको उत्कृष्ट प्रहार माथिल्लो बारको कुनाबाट बलले जाली हल्लाउन पुगेपछि लिभरपुलले एभर्टन माथि फेरी अग्रता कायम गर्यो ।

८१ औं मिनेटमा लुकास डिग्नेको पासमा डोमिनिच काल्र्भेट लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए । ८७ औं मिनेटमा लिभरपुलले फ्रिकिको अवसरलाई गुमाउन पुग्यो । एभर्टनले अन्तिम मिनेटमा दश खेलाडीमा समेटिएको थियो । ९० आंै मिनेटमा रिर्चालिसनले रातो कार्ड खाँदै एभर्टन दश खेलाडीमा सीमित हुदैं निर्धारित समय टुग्याएको थियो ।