
राजस्थान रोयल्समाथि सनसनीपूर्ण जित निकालेपछि खुशी प्रकट गर्दै कप्तान विराट कोहली ।
दुबई-अन्तिम ओभरमा जितको लागि रोयल च्यालेन्ज बैंग्लोरलाई १० रन चाहिएको थियो । चौथो बलमा एबी डि भिलियर्सले छक्का प्रहार गर्दै दुई बल बाँकी छँदा रोयल च्यालेन्ज बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।
राजस्थानले १७७ रनको योगफल तयार पारेको थियो । असम्भव बन्दै गएको जितलाई चौथो विकेटको रुपमा एबी र गुर्किरात सिंहले ७४ रनको साझेदारी गरेपछि रोयलले १७८ रनको लक्ष्यलाई दुईबल बाँकी छदा पुरा गर्दै बैंग्लोरलाई जित दिलाए ।
देवदत्त पड्डीकल र आरोन फिन्चले राम्रै शुरुवात गरेका थिए । देवदत्तले ३५ रन र फिन्चले १४ रन बनाई आउट भएका थिए । कप्तान विराट कोहली पनि ४३ रनमा पभेलियनको बाटो समाएपछि जितको बागडोर सम्हाल्ने जिम्मेवारी एबी डि भिलियर्स र गुर्किरात सिंहको काँधमा आयो । भिलियर्सले अर्धशतक पुरा गरे । नटआउट ५५ रन हिर्काउने क्रममा उनले २२ बल खेल्दै एक चौक र ६ छक्काको विष्फोटक व्याटिंग गरे । उनलाई साथ दिदैं क्रिजमा सिंह टिकिरहे । सिंहले १९ रनमा नटआउट रहे ।
भारतीय फ्रेन्चाईज लिग(आईपिएल)को शनिबार दुबई स्टेडियममा भएको ३३ औं खेलमा पहिलो व्याटिंग गर्दै राजस्थान रोयल्सले ७ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । रोविन उथप्पाले ४५ रन बनाउँदै महत्वपूर्ण योगदान दिए । अर्का ओपनर बेन स्टोक्स भने क्रिज मोरिसको बलमा १५ रनमै क्रिज छाड्न विवश भए ।
स्टेभ स्मिथले अर्धशतकीय पारी खेल्दै राजस्थानलाई सम्मानजनक स्कोर तर्फ उकासे । उनले ५७ रन बनाउँदै ६ चौका र १ छक्का हिर्काए । जोस बटलरले पनि २४ रन बनाए । क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिदाँ युजभेन्द्र चाहरले २ विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…